सोमबार (आज) बिहान बेनीको पर्यटकीय स्थल लभ्लीहिलबाट देखिएको बेनी बजारको दृश्य । कालिगण्डकी र म्याग्दी नदीको किनारमा अवस्थित बेनी प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा लिइन्छ ।
रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् ।
नारायणी नदीमा निर्माण गर्ने भनिएको ‘सिग्नेचर ब्रिज’ को अहिलेसम्म डिजाइन नै तयार हुन सकेको छैन । चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको तुँदी कन्स्ट्रक्सन प्रालिले दुई वर्ष तीन महिना पूरा हुँदासम्म डिजाइन तयार पार्न नसकेको हो । भारतीय विज्ञले डिजाइन तयार पारेर पुल महाशाखामा पेस गरेको थियो तर त्यो डिजाइनमा चित्त नबुझेपछि महाशाखाले अर्को डिजाइन पेस गर्न निर्माण कम्पनीलाई भनेको थियो । त्यसपछि चिनियाँ विज्ञको नेतृत्वमा डिजाइन पेस गर्न अध्ययन थालेकोमा विज्ञले अहिलेसम्म डिजाइन पेस गर्न सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
मुस्ताङको प्रमुख उत्पादन स्याउ टिप्ने पूरानै समय तालिकालाई कायम गरिएको छ । स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको मुस्ताङबाट काँचो स्याउ बजारमा लैजाँदा पहिचान गुम्ने भन्दै जात र गुणको आधारमा बजारमा पठाउने तालिकालाई कार्यान्वयन गर्न कृषकलाई अनुरोध गरिएको छ ।
यही साउन १४ गते राति गुल्मीदरबार–२ जुभुङ्ग झिरबासका सन्देश विकको परिवार मस्त निद्रामा थिए । एक्कासी घरमाथिको पर्खाल भत्किएर घर च्याँपेपछि सबै परिवार भागेर बाँच्न त सफल भए । तर पर्खालले विकको घर पूर्ण रुपमा क्षति भयो । जसका कारण विक परिवार अहिले घरबासविहीन बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुग्नुभएको छ ।
देशको आय वैदेशिक रोजगारमा जाने नेपालीको रगत पसिनाले धानिएको तथ्याङ्कले नै देखाउँछ । गत आर्थिक वर्षको ११ महिनामा विदेशमा काम गर्न गएका नेपालीले पठाएको विप्रेषण १५ खर्ब ३२ अर्ब रुपियाँ रहेको छ । यो विप्रेषण अघिल्लो आवभन्दा १७.२ प्रतिशतले बढेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले पठाएको विप्रेषणका कारण विदेशी मुद्राको भण्डारण बढेको छ । न्यून निर्यात र उच्च आयात नेपाली अर्थतन्त्रको चरित्र नै छ । उच्च
बहुसङ्ख्यक जनताद्वारा छानिएका प्रतिनिधिको सम्मति अनुसार देशको शासनव्यवस्था चल्ने प्रणाली नै प्रजातन्त्र अर्थात् लोकतन्त्र हो । जनताद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा चलाइने शासन व्यवस्थालाई नै आज विश्वमा उत्तम शासनव्यवस्था एवं प्रणाली मानिन्छ । प्रजातन्त्रका
अविरल वर्षाका कारण हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक अवरुद्ध भएको छ । अविरल वर्षा हुँदा खच्चा सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।
राज्य हुनका लागि आवश्यक पर्ने प्रमुख पाँच तत्व सरकार, भूभाग, सनसङ्ख्या, सम्प्रभुता, मान्यता तथा पहिचानलाई लिइन्छ । कुनै पनि राज्यले तथा सो राज्यको शासन प्रणालीले वैधता प्रदान गर्नका लागि हालको विश्वव्यापीकरणको युगमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नु पनि उत्तिकै अपरिहार्य मानिन्छ । राज्य कुनै भौगोलिक सिमामा रहने जनसङ्ख्या वा त्यहाँको ढुङ्गा माटो हुन सक्दैन । सबल, समुन्नत राष्ट्र हुनलाई निश्चित भौगोलिक सीमाभित्र बस्ने यावत मानिसहरूको सद्भाव एवं
यस वर्ष नेपालको तराई तथा मधेश क्षेत्रमा पछिल्ला दशककै सबैभन्दा लामो अवधिको खडेरी देखा परेको छ । सामान्यतया जुनको १० देखि १५ तारिखभित्र रहनुपर्ने मनसुन यस पटक केही दिनअघि नै भित्रिएको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको भए प
मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ सडक खण्ड वर्षौदेखि अलपत्र छ । ठेकेदारको लापरवाहीले बनिसक्नुपर्ने अहिलेसम्म बनेको छैन ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।