साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ ।
डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ को गीत ‘दिनमा पनि रातमा पनि...’ सार्वजनिक गरिएको छ। काठमाडौँमा शनिबार डीआर सिर्जना संसारद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि डा. नवराज लम्सालले प्ले बटम थिचेर गीत सार्वजनिक गरेका थिए। गीतमा वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारीको स्वर/सङ्गीत रहेको छ। उक्त अवसरमा सुगम सङ्गीत : आस्था र अवस्था विषयक अन्तरक्रिया गरिएको थियो।
उखु बालीमा सरकारले दिँदै आएको अनुदान रकममा कटौती गरेपछि तराई—मधेशका १३ जिल्लाका उखु किसानहरू आन्दोलित भएका छन् ।
कलाकार प्रतीक्षा काफ्लेको अभिनय र गायिका सब्बु केसीको आवाजमा रहेको नयाँ तिजगीत ‘तिज आयो’ सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्द विकास चौधरीको सङ्गीत रहेको बोलको गीतमा प्रतीक्षा काफ्लेको मुख्य भूमिका रहेको छ ।
अविरल वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड अवरूद्ध रहेको छ । शितगंगा नगरपालिका–२ लाहुरे बजार नजिकै ठूलो पहिरो झरेका कारण सडक अवरूद्ध भएको हो ।
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक वृद्धि भएका छन् । पछिल्लो वर्ष कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी खण्डमा नयाँ विवाद सिर्जना भएको छ ।
लामो समयदेखि विश्वका विभिन्न मुलुकमा बसोबास गरी त्यहीँको नागरिकता लिएका नेपालीलाई सरकारले गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउने कानुनी व्यवस्था गरेसँगै त्यस्तो नागरिकता लिनेको सङ्ख्या बढ्दै गएको छ ।
लिसंखुपाखर गाउँपालिका–५ जेठलका २५ घरधुरीभन्दा बढी घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।
लामो प्रतीक्षापश्चात् सुक्खाग्रस्त मधेश प्रदेशमा दुई दिनदेखि पर्याप्त वर्षा भएपछि किसान रोपाइँमा व्यस्त भएका छन् । वर्षाले बाँकी रहेको खेतमा रोपाइँ गर्न र रोपिसकेको रोपो सुक्नबाट जोगिएको भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।
गजलकार बिटु केसी बरालको हालै प्रकाशित नयाँ कृति ‘धीत’ माथि आइतबार अमेरिकाको ड्यालसमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
रौतहट को गुजरा–७ पल्टुवास्थित कुर्मीटोलमा बागमती नदीबाट आएको नहरमा सशस्त्र प्रहरीले एक व्यक्तिको शव फेला पारेको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ ।
जिल्लाको शिवालय गाउँपालिकामा विगत दुई महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्क बन्द हुने गरेको छ । साँझ घाम अस्ताएलगत्तै नेटवर्क हराउने र भोलिपल्ट बिहान घाम लागेपछि मात्रै पुनः सुचारु हुने स्थानीयले गुनासो गरेका छन् ।