• १९ साउन २०८२, सोमबार

प्रतीक्षा र सब्बुको ‘तिज आयो’

blog

काठमाडौँ, साउन १९ गते । कलाकार प्रतीक्षा काफ्लेको अभिनय र गायिका सब्बु केसीको आवाजमा रहेको नयाँ तिजगीत ‘तिज आयो’ सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्द विकास चौधरीको सङ्गीत रहेको बोलको गीतमा प्रतीक्षा काफ्लेको मुख्य भूमिका रहेको छ ।

अस्मिता तामाङ र सब्बु केसीको पनि अभिनय रहेको गीतमा सञ्जय हमालको सङ्गीत संयोजन, प्रेम लामाको छायाङ्कन, कमल राईको कोरियोग्राफी तथा निर्देशन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गायिका केसीको आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।