समयमा पानी नपर्दा कोशी प्रदेशमा अझै ११ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । कोशी प्रदेशका १४ चौध जिल्लामा २ लाख ७६ हजार ३८६ दशमलव ७२ हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म २ लाख ४६ हजार ६५ दशमलव ४४ हेक्टरमा धान रोपाइँ भएको छ ।
साउन महिनाको तेस्रो सोमबार हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् । साउने सोमबारको अवसरमा लमजुङका विभिन्न स्थानमा रहेका शिवालय मन्दिर तथा धामहरुमा भक्तजनहरुको भिड लागेको हो ।
झापाको दमक-१०, सेतुमारीसँग मोरङको उर्लाबारी-आमबारी-सिंजुवा कृषि सडकलाई जोड्ने मावाखोला पुलको पूर्वी भाग भत्किन थालेको छ ।
दुई दिन यता लगातार वर्षा हुन थालेपछि रोपाइँ गरिसकेको खेतमा मल छर्न किसानले मलखादको माग गरिहेका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा स्थानीय बासिन्दाले तत्कालै पुल निर्माणको काम सुरु हुन्छ भन्ने आश्वासन पाएको पाँच दशक बितिसकेको छ ।
यमनमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकायले सोमबार जनाएको छ । राष्ट्रसङ्घीय निकायका अनुसार डुङ्गामा अधिकांश इथियोपियालीहरू थिए भने डुङ्गा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् ।
गुल्मीको मुसिकोट नगरपालिका –१, रगनाम बस्ने ६६ वर्षीय जयबहादुर थापाको गोठ भत्किदा पाँच पशुचौपाया मरेका छन् । वर्षाका कारण थापाको ढुङ्गा माटोले बनेको टिनले छाएको दुई तले कच्ची गोठ भत्किएको छ ।
अविरल वर्षाको कारण स्याङ्जा-पर्वत सडक खण्ड अवरुद्ध भएको छ । वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी जोड्ने सडक पहिरोको कारण अवरुद्ध भएको हो ।
लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो ।
खोटाङमा तीर्थयात्री चढेको गाडी दुर्घटना भएको छ । साउन १९ गते सोमबार बिहान सिराहाको तीर्थयात्री बोकेको प्रदेश २–०१००१ ज .००५३ नम्बरको माइक्रोबस सडकबाट पल्टिएको हो ।
पछिल्ला केही वर्ष काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्थानीय तहमा खानेपानीका स्रोतहरू सुक्दै गएको पाइएको छ ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्य मूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ ।
ओखलढुङ्गामा यस वर्षको धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा धान रोपाइँ हुने सम्पूर्ण क्षेत्र र क्षेत्रफलमा साउन दोस्रो सातासम्म रोपाइँ सकिएको हो ।
रौतहटमा करेन्ट लागेर आइतबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईशनाथ नगरपालिका –८ मंसरी टोल बस्ने ५५ वर्षीय शेख जफिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिनुभयो ।
तनहुँको आँबुखैरेनीकी दीया श्रेष्ठले अमेरिकाको न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका– २०२५ को उपाधि चुम्न सफल हुनुभएको छ । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जित्नुभएको हो ।