महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले संविधानको मर्म अनुरूप महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन आगामी निर्वाचनसम्म रहेको बताउनुभएको छ।
पाकिस्तान सरकारले पाकिस्तानमा बसोवास गर्ने अफगानी नागरिकहरूलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह गरेको छ ।
आज बसेको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले प्रदेश सभामा सो विधेयक टेबुल गर्नुभयो। प्रदेशको आर्थिक व्यवस्थालाई वृद्धि गर्न र रोजगार बढाउनका लागि प्रदेश स्तरीय वन सम्बन्धी ऐन संशोधन गर्न लागिएको उहाँले बताउनुभयो।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानले महिलाको हकलाई सुनिश्चित गर्नु सुखद पक्ष रहेको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री मेघराज खड्काले साहित्यले समाजको कथा व्यथा मात्रै नभई नेपालका राजनीतिक क्रान्तिमा योगदान गरेको बताउनुभएको छ ।
चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार अपराह्न १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित माथिल्लो काबेली जलविद्युत आयोजनामा कार्यरत एक मजदुर मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार ताप्लेजुङकै सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ४७ वर्षीय धनप्रसाद भण्डारी शनिबार मृत फेला परेका हुन्।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताले मिडियाका समस्याप्रति राज्य गम्भीर बन्नुपर्ने बताउनुभएको छ । शनिबार बागलुङमा साझा जनआवाज अनलाइन पत्रिकाको शुभारम्भ गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
ताप्लेजुङमा शेर्पा समुदायले ल्होसार पर्व मनाएका छन्। २१५२ औँ ग्याल्पो ल्होसार पर्वको अवसरमा नेपाल शेर्पा सङ्घ ताप्लेजुङ्ले सदरमुकाम फुङ्लिङमा सद्भाव र्यालीसहित शुभकामना आदानप्रदान गर्दै पर्व मनाएका हुन्।
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले समाजकल्याणसँग सम्बन्धित विभिन्न विषयलाई समेटेर एकिकृतरूपमा प्रदेश सरकारले समाज कल्याण ऐन ल्याउन लागेको बताउनुभएको छ।
संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय समुदायलाई सबै महिला र बालिकाहरूका लागि अधिकार, समानता र सशक्तीकरणलाई यथार्थ बनाउन अडिग रहन आह्वान गरेको छ ।