वर्षौँदेखि बन्द अवस्थामा रहेको धनुषा जिल्लाको सबैला नगरपालिका–९, भठियनबजारस्थित ‘सुशिला टाँकिज’ चलचित्र घर पुन: सञ्चालनमा आएको छ ।
गुप्तचर निकायका पूर्व प्रमुखसहित सयौं सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजामा युद्ध अन्त्य गर्न सरकारलाई दबाबसहित सहयोग गर्न आग्रह गरेका छन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ भएर बग्ने ङादी खोलामा आएको बाढीले निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा करोडौं रुपियाँको क्षति पुगेको छ ।
ताप्लेजुङमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशी बराबरको रकम माथिल्लो तमोर जलविद्युत आयोजनाले उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्नुभएको छ ।
अर्जुनचौपारी गाउँपालिका–२, बासकोटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ ।
लुम्बिनी प्रदेशमा कृषि योग्य जमिनको ५५ दशलमलव २० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
फाइनल चरणमा १६ टोलीबिच प्रतिस्पर्धा भएको थियो । नवौँ भएसँगै ‘होर ई–स्पोर्ट्स’ टोलीले कुल एक लाख २७ हजार ५०० अमेरिकी डलर (करिब एक करोड ७८ लाख रुपियाँ) पुरस्कार पाएको छ ।
सोमबार एपोनको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । सङ्घको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका नागरिकको न्यूनतम आवश्यकता यथाशक्य चाँडो पूरा गर्न आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरिएको छ ।
पहिरोको कारण अवरुद्ध बनेको लुहाम काभ्रा कालिमाटी सडकखण्ड ३० घण्टापछि खुलेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् ।