लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्धनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनु भएको छ।
रुपन्देहीको मर्चवारी गाउँपालिका –३ का अध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध तीन लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।
वन तथा वातावरण मन्त्रालयले वनमन्त्री ऐन बहादुर शाही ठकुरीको नर्वे भ्रमण औपचारिक, उद्देश्यकेन्द्रित र नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने खालको भएको स्पष्ट पारेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले २०८२ सालको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले अट्वारीको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा दिनेगरी बिदा संशोधन गरेको हो । यसअघि, सो पर्वको अवसरमा साउन २५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको थियो ।
जुम्लाबाट सुर्खेत जाँदै गरेको जिप दुर्घटना परेको छ । सो गाडीमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले गाडी दुर्घटनामा परेको जानकारी दिनुभयो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश विदेशका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी–२०२५ सम्पन्न भएको छ ।
गोरखामा अत्याधुनिक सुबिधासहितको उपचार सेवा प्रबाह गर्नेगरी १०० शैयाको नयाँ अस्पताल सञ्चालनमा आउने भएको छ । आधुनिक सल्यक्रियासहितको गोरखा नगरपालिका –८ प्रतिक्षालय चोकमा बिषेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रबाह गर्नेगरी गोरखामा एनपिआई गोरखा अस्पताल प्रालिले नयाँ अस्पताल सञ्चालनमा ल्याउने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि लगाएको भन्सार शुल्क वृद्धि र प्रतिबन्धको सन्दर्भमा, ब्राजिलका विभिन्न शहरहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू सुरु भएका छन् ।
एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गर्नुभएको छ ।
सन् १९४५ अगष्ट छ मा हिरोशिमालाई ध्वस्त पार्ने आणविक बम ‘लिटिल ब्वाई’ अमेरिकीहरूले खसाल्दा बाए क्युङ-मी पाँच वर्षको हुनुहुन्थ्यो ।
खोटाङमा तिर्थयात्री बोकेको गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
तीज पर्वलाई लक्षित गर्दै गायिका एवं समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्यानुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मका कारण पनि नेपाल विश्वमा चिनिएको बताउनुभएको छ