गुणबहादुर रोका
सुलीकोट, साउन १९ गते । गोरखामा अत्याधुनिक सुबिधासहितको उपचार सेवा प्रबाह गर्नेगरी १०० शैयाको नयाँ अस्पताल सञ्चालनमा आउने भएको छ । आधुनिक सल्यक्रियासहितको गोरखा नगरपालिका –८ प्रतिक्षालय चोकमा बिषेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रबाह गर्नेगरी गोरखामा एनपिआई गोरखा अस्पताल प्रालिले नयाँ अस्पताल सञ्चालनमा ल्याउने भएको हो ।
अस्पताल भवनबाट आयोजित सोमबार पत्रकार सम्मेलनमा एनपिआई अस्पतालका अध्यक्ष लेखराज पन्तले गोरखामा चौबिस घण्टा इमरजेन्सी सेवासहित आइसियू, एनआईसुय, अत्याधुनिक ल्याब, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कपी, ल्याप्रोस्कपी र सिटिस्क्यान चौबिस घण्टै फार्मेसी सेवा भदौ १ गतेबाट सुरु गरिने बताउनुभयो ।
१०० शैयाको एनपिआई अस्पतालमा ३५ रोपनी क्षेत्रफलमा ५४ करोड ७५ लाख २५ हजार रुपियाँ लागतमा ६ तलाको सुबिधा सम्पन्न अस्पताल भवन निर्माण भइसकेकाले गोरखा, लमजुङ, तनुहँ र धादिङको बिरामाीलाई मध्येनजर गर्दै उपचार सेवामा सहजता ल्याउन अस्पताल ब्याबस्थापनले कुनै कमि नराख्ने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
उपचार प्रणालीमा प्रयोग हुने अति महँगा र आधुनिक उपकरण अस्पतालका कक्षमा जडान गरिएकाले सर्बसाधरण नागरिकले चितवन, पोखरा र काठमाडौंजस्ता ठुला शहरमा पाउने सेवा प्राप्त गर्न सक्ने भएकाले यो अस्पताल सञ्चालनमा आएपछि ४ जिल्लाका नागरिकहरुलाई स्वास्थ्य उपचारमा आर्थिक रुपले निकै राहत मिल्ने विश्वास गरिएको् गोरखाका औषाधी ब्यावशायी संगम श्रेष्ठले बताउनुभयो ।
गोरखामा एकमात्र सरकारी जिल्ला अस्पतालको शैया क्षमता र पूर्वाधार तथा अन्य सेवा तथा सुबिधाहरु कमि भएकाले पनि बिशेषज्ञ स्वास्थ्य सेबा लिन बाहिर जिल्ला जानु पर्ने अवस्थालाई न्यनीकरण गर्न गोरखाका व्याबशायीहरुले अस्पताल सञ्चालनमा गर्न लागिएको सञ्चालक कृष्ण ढकालको भनाइ छ ।
अस्पतालले बिशेषज्ञसहितको ७ जना सर्जन, अर्थोपोडिक, गाइनो, फिजिसियन, वाल रोग बिशेषज्ञ, रेडियोलोजिष्ट, बेहोस बनाउने तथा आइयिसियुमा हेर्ने चौबिस घण्टा सेवा दिने अस्पताल ब्याबस्थापनले जनाएको छ । एनपिआई अस्पतालले गोरखामा रहेका बिभिन्न संघ संस्था ज्येष्ठनागरिक र पत्रकारका परिवारलाई अधिकतम छुट दिइने ब्यबस्था मिलाइएको अध्यक्ष पन्तले बताउनुभयो ।