काठमाडौँ, साउन १९ गते । एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गर्नुभएको छ ।
५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसँगै कांस्य पदक पक्का भएको बक्सिङका अन्तराष्ट्रिय को–ओडिनेटर तथा नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिनुभयो ।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अङ्कको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभएको हो ।
यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभएको थियो ।
अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुहुनेछ । जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५–० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गर्नुभएको थियो ।