• १९ साउन २०८२, सोमबार

सरुको ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा

blog

काठमाडौँ, साउन १९ गते । तीज पर्वलाई लक्षित गर्दै गायिका एवं समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याउनुभएको छ । 

चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बमबहादुर कार्कीले गीतको शब्द, सङ्गीत र अभिनयको खुलेर तारिफ गर्नुभयो । 

गायिका धनकुमारी थापा ‘सरु’ले टिकटकलाई गलत प्रयोग गर्ने भन्दा पनि समाजका लागि सन्देश प्रवाह गर्ने सकारात्मक प्लेटफर्म बनाउन जरुरी रहेको र तीज पर्वलाई शिष्ट एवम मर्यादित रूपमा मनाउन सन्देश प्रवाह गर्ने गरी गीत तयार गरेको बताउनुभयो । 

धनकुमारी थापा ‘सरु’ र मनोजसिंह धामीको स्वरमा रहेको गीतको शब्द सङ्गीत धामीकै रहेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा दिपाश्री निरौला, किरण केसी, धनकुमारी थापा, मनोजसिंह धामीलगायतको अभिनय रहेको छ ।