सङ्घीय संसद्मा नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भएको छ वर्ष बितिसकेको छ । २०७६ माघ २३ गते राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाएको विचाराधीन विधेयकका विषयमा आमसञ्चारकर्मीको ध्यान खिचिएको छ । विधेयकभित्रको उद्देश्य हेर्दा सम्पादकीय सामग्रीको नियमन सरकारले गर्ने मनसाय देखिन्छ । लोकतन्त्रमा मिडियालाई सरकारी हस्तक्षेपबिना स्वनि
सप्तरी प्रहरीले सप्तरीको सुरूङ्गा नगरपालिका ८ मल्हनमा टोलमा गत जेठ २२ गते राति अज्ञात समूहको लुटपाटपछि स्थानीय ५० वर्षीय कान्तलाल चौधरीको हत्याको घटनामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एकदलीय पञ्चायती शासनप्रणालीको अन्त्यपछि राज्यशक्ति र प्रशासकीय स्वरूपमा पनि परिवर्तन हुनु स्वाभाविक थियो । सो अनुसार पञ्चायत रूपान्तरण भएर गाविस, नपा, जिविस र संसद् भए । प्रशासकीय स्वरूप पनि परिवर्तन भएका छन् । पञ्चायत मन्त्रालय रूपान्तरित स्थानीय विकास मन्त्रालय, हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मञ्त्रालयभित्र दुई÷तीन सदस्यस्तरीय वित्त आयोग सञ्चालनमा आयो । यसले बहुदलीय
अहिले मधेश प्रदेशमा भइरहेको लामो खडेरी र सुक्खाले प्रकृति सबैभन्दा शक्तिशाली हुँदो रहेछ भन्ने पुष्टि भएको छ । यो खडेरीले समग्र मधेशमा सामान्य मार परे पनि मधेश प्रदेशका आठ जिल्लामा भने साउन १५ गतेसम्म धान रोप्ने काम ५० प्रतिशत पनि हुन सकेको थिएन । ठाउँ ठाउँमा चापाकलसमेत सुकेकाले पिउनेपानीको पनि हाहाकार छ । मधेश प्रदेशको सिफारिसमा सङ्घीय सरकारले तीन महिनाका लागि मधेश प्रदेशलाई सुक्खाग्र
स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक वनलाई व्यवस्थित गर्न सुरु गरेको छ । सामुदायिक वनलाई करको दायरामा ल्याउने योजनासहित पालिकाले सामुदायिक वन लक्षित कार्य सुरु गरेको हो ।
तिजपर्वलाई लक्ष्य गरी गायिका धनकुमारी थापा ‘सरु’ ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली परम्परा, संस्कृति, कला एवं धार्मिक, ऐतिहासिकलगायतका गतिविधिमार्फत पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुभएको छ । बौद्धनाथ क्षेत्र विकास समितिद्वारा सोमबार राजधानीमा आयोजित आचार्य पद्मसम्भव (गुरु रिम्पोछे) को जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा विशेष दिव्य आरती पूजा गरिएको छ । साउनको सोमबार तातोपानी कुण्ड व्यवस्थापन र गलेश्वर शिवालय क्षेत्र विकास कोषको आयोजनामा विशेष दिव्य आरती पूजा गरिएको हो ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बुधबारदेखि नाइमा मोबिलिटी एक्स्पो–२०२५ गर्ने भएको छ । दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० मोडेलका सवारी रहने सो प्रदर्शनी खरिदकर्ताका लागि नयाँ र उपयुक्त अवसर हुने नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्याङ्कन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटरको दुरीमा भारतको पूर्णियामा विमानस्थल सञ्चालनको तयारी छ । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाई सेवा सञ्चालनमा आएसँगै त्यसबाट फाइदा लिने विषयमा बहस सुरु भएको छ ।
बाँकेका किसान रासायनिक मल नपाएर चरम अभाव सामना गरिरहेका छन् तर बाँकेकै लागि आएको करिब छ हजार बोरा युरिया भने एउटा पत्र नआउँदा तीन/चार दिनदेखि थन्किएर बसेको छ । लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले कोटा निर्धारणको पत्र पठाउन ढिलाइ गर्दा मल वितरणमा ढिलाइ
आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका सम्बन्धमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ । सोमबार साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार मङ्गलबार दिउँसो देशभर अधिकांश बदली रहने छ ।