बैतडीको पुर्चौडी नगरपालिका–८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिँदै हुनुहुन्छ ।
दायाँ हातमा हथौडा, हातभरि फोका । उहाँहरूको दैनिकी ढुङ्गासँगै बित्ने गर्दछ । मुगुको छायानाथ रारा नगरपालिका–४ की कौशिलादेवी नेपाली र दिलसरा नेपालीले गिट्टी कुटेर घरखर्च चलाउनुभएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको पाँच महिना बितेको छ ।
जमिन बाँझो राख्नेलाई कडा दण्ड जरिबानाको व्यवस्था हुने नीति अख्तियार गर्न माग गरिएको छ । अखिल नेपाल किसान महासङ्घ (व्रmान्तिकारी केन्द्र) बागमती प्रदेश समिति
नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न लागिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागिएको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) जाने पदमार्ग निर्माण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–३, लिखिम हुँदै पाथीभरा आउजाउ गर्ने पदमार्ग निर्माण गरिएको हो ।
चितवन, फागुन २५ गते । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीले आक्रमण गरेको हो । जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
थारु पत्रकार संघ, नेपालले अधिकारकर्मी इन्दु थारूले आफ्ना दिवंगत पिता र काकाको स्मृतिमा स्थापना गर्नुभएको जोखन-जगत रत्गैया स्मृति पुरस्कार २०८१ थारु साप्ताहिक पत्रिका 'लौव अग्रासन' लाई प्रदान गरेको छ ।
लोकतान्त्रिक प्रणालीमा नागरिक सर्वोच्च हुन्छन् ।
देशको आर्थिक विकासको गतिलाई ठिक दिशामा निर्देशित गर्न एकातिर पर्याप्त आर्थिक स्रोत आवश्यक पर्छ भने अर्कातिर मानवीय स्रोतको भूमिका अहम् हुन्छ । प्राकृतिक र भौतिक स्रोतको दिगो र समुचित व्यवस्थापनले मानवीय र आर्थिक स्रोतको दक्षता बढाउन मद्दत पुर्याउँछ ।
काठमाडौँ, फागुन २५ गते । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ ।
मोरङ, फागुन २५ गते । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहनुभएको छ । पछिल्लो समय उहाँ यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउनुहुन्छ । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउनुहुन्छ ।हस्तकलाका सामग्री बाहिरबाट आयात गर्दा तथा प्लाष्टिकका सामग्रीको बजारमा बढ्दो कारोबारसँगै घरेलु हस्तकलाको माग घटेको बराइली बताउनुहुन्छ । उहाँका बुबा डिल्लीमान बराइली धातुका विभिन्न मूर्ति तथा बुट्टा कुँद्ने काम गर्नुहुन्थ्यो । उहाँकै प्रभावले सानै उमेरदेखि आफू पनि यो पेसामा लागेको होमनाथले बताउनुभयो । “पहिलापहिला हस्तकलाको माग धेरै हुने गरेको र बुबासँगै दाजु झमक पनि सोही पेसामा आबद्ध हुनुहुन्थ्यो, यसैबाट परिवारको गुजारा चलेको थियो”, उहाँले भन्नुभयो ।स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टँुडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने गरिन्छ । एउटा भक्तपुरे ढोका तयार पार्न कम्तीमा दुई महिना लाग्ने गरेको तर ग्राहकले सीप र समयअनुसारको मूल्य तिर्न नचाहने बराइली बताउनुहुन्छ । उहाँका अनुसार एउटा ढोकाको चौकठ पल्लाको मूल्य रु एक लाख ५० हजार हाराहारी पर्छ । “सरकारी निकायका भवन, सार्वजनिक भवन, मठमन्दिरलगायतमा स्थानीय काठमा घरेलु हस्तकलाबाट बनेका सामग्री प्रयोग गर्ने हो भने हाम्रो कला मर्ने थिएन”, बराइलीले भन्नुभयो ।आगामी दिनमा यसै पेसालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता बढ्दै गएको बराइली बताउनुहुन्छ । प्लाष्टिकजन्य सामग्री आयातमा कमी गर्ने हो भने स्वदेशी घरेलु हस्तकलाले मूल्य पाउने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई बताउनुहुन्छ ।
विश्व जलवायु परिवर्तनको मारमा छ । पृथ्वीको कुनै एक क्षेत्र नभएर हरेकमा यसको नकारात्मक प्रभाव परिरहेको छ ।
पाल्पा, फागुन २५ गते । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उहाँको बाध्यता हो ।झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र माटोको काममा नै उहाँको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उहाँले बताउनुभयो । तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिनुभएकी कुमालले भन्नुभयो, “महिला दिवस हामीजस्ता दुःखीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो ।” यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै समस्या छ । तानसेनमा तरकारी र फलफूल बेचेरै उहाँले दैनिकी गुजारिरहनुभएको छ । “बिहानै गाउँमा गई तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु”, शनिबार नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी नै हो ।” तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आउनुभएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैँजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किनुभयो । कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्नुहुन्छ । “भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ”, कुमालले भन्नुभयो ।यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आउनुभएको छ । कैलाशनगरमा बारी खन्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले अन्तरराष्ट्रिय महिला दिवसबारे सुन्नुभएका छैन । “हामीलाई त कामबारे मात्रै थाहा छ”, उहाँले भन्नुभयो । महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आउनुभएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउनुहुन्छ । दिवसका बारेमा आफूलाई पूर्ण रूपमा जानकारी नभएको भन्दै उहाँ भन्नुहुन्छ, “महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु रु एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।”जिल्लामा सयौँ महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन् । शनिबार देशैभर विभिन्न कार्यक्रम गरी एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदूरी गर्ने महिलालाई भने यसले छोएन । श्रमिक महिला सधैँजस्तै भारी बोकिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ ।