उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
एक वर्षअघि यातायात भाडादर समायोजन गरिँदा सदरमुकामदेखि गलकोट नगरपालिकाको हटिया बजार पुग्ने भाडा पाँच सय ६० रुपियाँ तोकिएपनि कुनैपनि सवारी साधनले तोकेको भाडामा यात्री बोकेनन् ।
अविरल वर्षाका कारण अवरुद्ध हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक सञ्चालनमा आएको छ । खच्चा सडकमा माथिबाट खसेको पहिरो एक्साभेटरले फालेपछि सञ्चालनमा आएको हो ।
खार्पुनाथ गाउँपालिका–५ को पर्यटकीय क्षेत्र भीमदुला अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निक्कै अग्लो क्षेत्रमा रमणीय क्षेत्र भएका कारण आन्तरिक पर्यटक उक्त क्षेत्रमा जाने क्रम बढ्दै गएको हो ।
दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर वरालले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न रणनीति योजना बनाएको छ । रणनीति योजना निर्माण गरेर पर्यटकीय क्षेत्रको पहिचान गर्न लागेको हो । ‘गन्तव्य कर्णाली एप’ निर्माण गरेर पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
गत दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटिय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नम्बर १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा फेरी चल्न बन्द भएपछि सवारीसाधन पिलीचौरमै रोकिने गरेका छन् । हिउँदको महिना कर्णाली पारेर स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न ठाउँमा चल्ने जिप ट्याक्टर अहिले कर्णाली नदीमा पानीको बहाब बढेकाले फेरी चल्न बन्द भएसँगै ती पनि पिलीचौरमा नै रोकिने गरेका हुन् ।
टीकापुरमा १९ वर्षदेखि संस्थाका जग्गा अतिक्रमण गरेर बसेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर तिनका लागि जग्गा खोज्ने सहमति भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा “श्रम संसार रोजगार पोर्टल” https://shramsansar.gov.np र “श्रम संसार एप” मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष आतिथ्यमा बसेको बैठकमा प्रदेशको समग्र शान्तिसुरक्षा, विपत् व्यवस्थापन र सीमा सुरक्षाको अवस्थाबारे गहन छलफल गरिएको हो ।
सप्तकोशी नदीमा हिउँदमा देखिने बालुवाका टापु वर्षासँगै बढेको पानीको सतहले छोपिएर देखिन छाडेका छन् । नदीमा बालुवाको सतह प्रत्येक वर्ष वृद्धि हुँदै जाँदा हिउँदमा बालुवाका टापु देखिने र वर्षामा पानीको सतह बढेर ती टापु पुरिने गरेका छन् ।
यहाँको आधारभूत अस्पतालमा डायलाइसिस सेवा दिने तयारी थालिएको छ । यसका लागि सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु एक करोड एक लाख ४४ हजार ८२० बराबरको पाँचवटा डायलाइसिस उपकरण प्राप्त भएको छ ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।