मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरु टुङ्गो लागेको जानकारी दिनुभयो ।
म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।
धानखेत मासेर छ वर्षअघि देखि कागती खेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ ।
समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लामपोखरी हाे ।
धनकुटाको चौबिसे गाउँपालिका ६ स्थित राजारानी बजारमा रहेको राजा (पावरक) ताल संरक्षण हुने भएको छ । सिमसारको रुपमा रहेको यो क्षेत्र तालको रुपमा विकास र संरक्षण गर्न लागिएको हो ।
भेरी साहित्य समाज केन्द्रीय समिति, भाषा तथा समालोचना विभागद्वारा नेपालगन्जमा एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरी ‘दृष्टिविम्ब’ समालोचना संग्रहको विमोचन तथा चार वटा कृतिमाथि परिचर्चा सम्पन्न गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधेयक समितिले कानुन परिमार्जन गर्ने बताउनुभएको छ ।
लमजुङका दुध उत्पादक किसानले उत्पादनमा आधारित अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको हो ।
सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विशेष पुस्तक प्रकाशन गर्ने भएको छ । गाउँपालिकाले आफ्नो भूगोलभित्र जन्मिएर व्यक्तित्वहरूको जीवन यात्रा र प्रेरणादायी पाटोलाई उजागर गर्न विशेष पुस्तक प्रकाशन गर्ने भएको हो ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ ।
पहिरोले अवरुद्ध बनेको मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङ खण्ड एक तर्फी सञ्चालनमा आएको छ ।
बाजुराको प्रमुख धार्मिकस्थल बडिमालिकाको विशेष पूजा अवसरमा सरकारी टोली आज बिहान सदरमुकाम मार्तडीबाट डोलीसहित प्रस्थान गरेको छ ।
बाँके जिल्लामा हालसम्म ९३ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण बर्दीबास–५ स्थित पूर्वपश्चिम लोकमार्गको लचका बगाउँदा मङ्गलबार बिहानदेखि आवागमन ठप्प भएको छ ।