बाजुराको प्रमुख धार्मिकस्थल बडिमालिकाको विशेष पूजा अवसरमा सरकारी टोली आज बिहान सदरमुकाम मार्तडीबाट डोलीसहित प्रस्थान गरेको छ ।
बाँके जिल्लामा हालसम्म ९३ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण बर्दीबास–५ स्थित पूर्वपश्चिम लोकमार्गको लचका बगाउँदा मङ्गलबार बिहानदेखि आवागमन ठप्प भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित हुनुभएको छ । केदार २३५ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी उमेश यादवले २०५ मत प्राप्त गर्नुभएको छ ।
पाँचथरको याङवरक गाउँपालिका-१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका बालबालिका स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् ।
सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानकोलागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तिन टोली परिचालन गर्ने भएको छ ।
बागलुङ नगरपालिका–४ दाबगरामा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क गत भदौमा धुमधामका साथ उद्घाटन गरिएको थियो । निर्माण थालेको २३ वर्षपछि पूर्णता पाएको बसपार्कको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियोे ।
नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोरको रिडी–पुर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ को गरगरे, मुल्क र वडा नम्बर ३ को कनौटामा सडक माथिबाट पहिरो खसेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी मेयर छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नगरका २३ वटा निजी विद्यालयमा २५० जना विद्यार्थीले कक्षा ४ देखि ११ सम्म निःशुल्क पढ्न पाउने छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला सङ्ग्रौला पन्तले प्रस्तावित बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्ताव प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
पवित्र कालीगण्डकी र रघुगङ्गा नदीको किनारमा विशाल चक्रशिलामाथि अवस्थित गलेश्वरधाम पछिल्लो एक दशकयता धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । बेनी नगरपालिका अन्तर्गत नौ रोपनी क्षेत्रफलमा फैलिएको