लिबियाको टोब्रुक नगरपालिकाले गरेको सुरक्षा कारबाहीमा विभिन्न देशका तीन सय ५० अनियमित तथा गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको लिबियाको अध्यागमन एजेन्सीले घोषणा गरेको छ ।
‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ। सभाको मंगलबारको बैठकमा समिति सभापति जीवन परियारले सो प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो।
बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले मङ्गलबार मानिसहरूलाई सुधारको ‘अवसर’ लिन आह्वान गर्दै शेख हसिनाको निरङ्कुश शासनको पतन भएको एक वर्षको वार्षिकोत्सव मनाउनुभएको छ ।
पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलङ्काको रत्नापुरा जाने भएको छ ।
भारतको उत्तराखण्ड राज्यमा भएको लगातार भारी वर्षापछि पहिरो र बाढीको कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता भएका छन्। प्रभावित क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त बनेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्का बैठक सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८३३ दशमलव ५७ को विन्दुमा कायम भएको छ । यो एक दशमलव ४५ प्रतिशतको गिरावट हो ।
न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा जित निकालेको छ ।
असार दोस्रो सातादेखि बन्द रहेको बुटवलस्थित सिद्धार्थ केबलकार पुनःसञ्चालनमा आएको छ । बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोटगढी जोड्ने केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसँगै पुनः सञ्चालनमा आएको हो ।
कञ्चनपुरमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा दाउरा जम्मा गर्ने स्थानीयको भीड लागेको छ । स्थानीय ज्यानको जोखिम राखेर नदीमा पौडी खेलेरै दाउरा सङ्कलन गरिरहेका छन् ।
पलेशा गोवर्धन र विजय सिन्जालीले हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड जित्नुभएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको बताउनुभएको छ ।
लगातारको वर्षाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ ।
अमेरिकी भण्डारहरूबाट डेलिभरी छिटो बनाउने नयाँ योजना अन्तर्गत पूर्ण प्याकेज फन्ड गर्ने पहिलो नाटो सदस्य बन्दै नेदरल्यान्ड्सले युक्रेनका लागि ५० करोड युरो (५७ करोड ७० लाख डलर) को अमेरिकी हतियारहरू खरिद गर्ने रक्षा मन्त्रालयले बताएको छ ।