मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् ।
नवलपुरमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने सम्भावना बढेको छ ।
नेपााली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको बताउनुभएको छ । सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्न धनगढी पुग्नु भएका सभापति देउवाले सो कुरा बताउनुभएको हो ।
द्वन्द्वले पूर्णरूपमा ध्वस्त भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् । कल्याणकारी संस्थाहरुले ५० वटा घरहरु निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताउनुभएको छ ।
बैतडीमा बालिकामाथि बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाकी १५ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुष पक्राउ हुन् ।
बाजुरा, फागुन २६ गते । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे२त १५८८ नम्बरको ट्रयाक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभएको छ । उहाँका अनुसार ट्रयाक्टरमा सवार रहेका चार जना मध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । अन्य तीन जना सकुशल रहेको, ट्रयाक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । भिरबाट लडेर एकको मृत्यु जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार मिनेटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर –२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभएको छ ।उहाँले दिएको जानकारी अनुसार आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदीनजिकै रहेको हाँडेको भिरबाट लडेर मृत्यु भएको बताउनुभयो । स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति भएसँगै डेनमार्कबाट ग्रिनल्यान्ड कब्जा गर्ने, पनामा नहर पुनः अमेरिका मातहत ल्याउने र क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने विवादास्पद अभिव्यक्ति दिइरहेका छन्
राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । जनताको पक्षमा काम गर्नका लागि राष्ट्रियसभा उत्कृष्ट थलो रहेछ । राष्ट्रियसभामा मैले महिलाअधिकारका पक्षमा पटकपटक आवाज उठाएको छु ।
कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम स्वदेशमा पठाउने रकम रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ । सामान्य अर्थमा विदेशको कमाइ नै रेमिट्यान्स हो । वैदेशिक रोजगारमा गएर कमाएको रकम स्वदेशमा प्राप्त भएपछि सो रकम रेमिट्यान्स हुन आउँछ ।
साहारा लिम्बूफुङलिङ, फागुन २६ गते । ढाका कपडा बुनाइबाट वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ । वचनकुमारी नाल्बो लिम्बूले ढाका कपडा बुनेर नै वार्षिक पाँच लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको छ ।ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका ४ लिङतेप घर भई हाल फुङलिङ नगरपालिका वडा नं ७ मा सोनी ढाका कपडा उद्योग सञ्चालन गर्दै आउनुभएकी वचनकुमारी नाल्बोले ढाकाबाट नै जीविकोपार्जन गर्नुभएको छ ।५२ वर्षीया लिम्बू विगत २२ वर्ष अघिदेखि नै ढाका बुन्दै आएको बताउनुहुन्छ । करिब आठ वर्ष अघिदेखि भने उहाँ आफैंले उद्योग सञ्चालनमा ल्याएर मनग्गे आम्दानी गरिरहनुभएको छ । योसँगै उहाँले पाँच जना महिलालाई रोजगारीसमेत प्रदान गर्नुभएको छ ।उहाँको ढाका कपडा उद्योगमा साडी, चौबन्दी चोली, कोट, सर्ट, मेख्ली, बर्की, टोपी लगायतका कपडा तयार हुन्छ । एउटा साडीको मूल्य न्यूनतम पाँच हजारदेखि १० हजारसम्म पर्ने उहाँको भनाइ छ । अहिले सबैभन्दा धेरै साडीको नै माग रहेको पनि लिम्बूले बताउनुभयो ।ढाका कपडा मिटरको भने एक हजार दुई सयदेखि एक हजार पाँच सय पर्ने गर्दछ । ढाका कपडाको अर्डर धेरै काठमाडौँबाट आउने गरे पनि उद्योगबाट नै बिक्री भइसक्ने लिम्बू बताउनुहुन्छ । बालबालिकादेखि युवा पुस्ताका लागि विभिन्न पहिरन तयार हुने भएका कारण पनि अहिले ढाका कपडा सबैको रोजाइ बनेको छ । यही कारण पनि ढाका कपडाले राम्रो बजार पाएको छ ।हेर्दा सामान्य देखिने तान, अनि थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने एउटा माध्यम भएकोले आफूले ढाका उद्योग नै रोजेको लिम्बूको भनाइ छ । यस्तै ढाका कपडा उद्योगले घरेलु तथा साना उद्योग कार्यालयबाट पनि राम्रो अवसर पाएको लिम्बू सुनाउनुहुन्छ । जहाँ जहाँ औद्योगिक मेला हुन्छ त्यहाँ घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा ढाका कपडा प्रदर्शनीमा गएर ढाका कपडा बिक्रीसँगै आफ्नो सीप क्षमतालाई प्रदर्शन गर्न सकिने उहाँको भनाइ छ । लिम्बूले ढाका कपडा उद्योगबाट पैसासँगै सम्मान पनि उत्तिकै पाउनुभएको छ । विगत लामो समयदेखि उद्यमी भई अरूलाई पनि उद्यमी व्यवसायी बन्न प्रेरित गरेको भन्दै उहाँलाई गत साल सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले सम्मान गरेको थियो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने मिति घोषणा भएसँगै विद्यार्थी सङ्गठनका गतिविधि बढ्न थालेका छन् । आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जिल्लाका विभिन्न क्याम्पसमा विद्यार्थी सङ्गठनले विभिन्न कार्यक्रम गर्न थालेका हुन् ।
जाजरकोटमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका ८ ग्राक्लीका जनकबहादुर रोकायका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रममा जोड दिएको छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न खेतबारीमा सिँचाइ सुविधा पुर्याउन उक्त कार्यक्रम राखिएको हो ।
हिमाली जिल्ला हुम्लामा केही गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका भए पनि पाठ्यपुस्तक छपाउन भने सकेका छैनन् । गाउँपालिकाले पाठ्यपुस्तक छाप्ने व्यवस्था नगरेका कारण निर्माण भएको पाठ्यक्रमकै आधारमा पढाइरहेका छन् ।