• २१ साउन २०८२, बुधबार

वादोरियो कराते टोलीको बिदाइ

blog

वादोरियो कराते टोलीलाई बिदाइ गरिँदै ।

काठमाडौँ, साउन २० गते । पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलङ्काको रत्नापुरा जाने भएको छ ।

अगस्ट ७ र ८ तारिखमा हुने प्रतियोगितामा नेपालका तीन पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचन तथा महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले प्रतिस्पर्धा गर्नुहुने छ । 

टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो सङ्घका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की हुनुहुन्छ । 

टोलीलाई पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व मन्त्री शक्ति बस्नेतलगायतले मङ्गलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । 

बिदाइ कार्यक्रममा अध्यक्ष दाहालले वादोरियो करातेले विगतमा जस्तै पदक जितेर फर्कने विश्वास व्यक्त गर्दै सफलताका लागि शुभकामना दिनुभयो ।