• २१ साउन २०८२, बुधबार

पलेशा र विजयलाई वर्ष खेलाडी अवार्ड

blog

विजय सिन्जाली र पलेशा गोवर्धन ।

काठमाडौँ, साउन २० गते । पलेशा गोवर्धन र विजय सिन्जालीले हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड जित्नुभएको छ । 

हाम्रो खेलकुदले दशौँ वार्षिकोत्सवको अवसरमा पारा तेक्वान्दो खेलाडी पलेशा र उशुका विजयलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरेको हो । 

अवार्डसँगै खेलाडी द्वयलाई जनही २५ हजार रुपियाँ प्रदान गरियो । कार्यक्रममा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष सम्मान गरियो । 

स्थापनाको अवसरमा हाम्रो खेलकुदले वर्ष खेलाडी अवार्डसँगै खेलकुद कन्क्लेभ पनि आयोजना गरेको थियो । कन्क्लेभमा पहिलो सेसनमा ‘नेपाली खेलकुदमा महिला सहभागिता : लगानी, अवसर र सफलता’ तथा ‘नेपाली खेलकुदमा युवा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकमा चर्चा गरिएको थियो ।