कर्णाली प्रदेशको ग्रामीण परिवेशमा आधारित कथा हो, ‘लाज शरणम्’, जहाँ सुन तस्करी, सामाजिक समस्या र स्थानीय जनजीवनका सङ्घर्ष प्रस्तुत गरिएका छन् । समाजमा व्याप्त विकृति र तिनको प्रभावलाई चलचित्रमा घुमाउरो तरिकाले पस्कन खोजिएको छ ।
सुनसरीको सदरमुकामसँगै जोडिएको छ, हरिनगर गाउँपालिका । यो गाउँपालिकाले विकासका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनसँगै कृषिमा यान्त्रिकीकरण र व्यावसा
लुम्बिनी प्रदेश सरकारको लगानीमा बनेको श्रीनगर सांस्कृतिक डबली (खुला नाचघर) सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि डबलीमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको हो ।
पाल्पा, फागुन २६ गते । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् । एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउनुुहुन्छ । उहाँले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाउनुभएको छ ।“शनिबार र आइतबार दुई दिनसम्म १६÷१७ जनाले आलु खन्ने काम भएको छ”, उहाँले भन्नुभयो, “एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।” उहाँले यस पटक चार क्विन्टल आलु लगाउनुभएको छ । उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित हुनुहुन्छ । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उहाँको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गर्नुभएका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आउनुभएको छ । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उहाँले बताउनुभयो ।“आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन”, उहाँले भन्नुभयो । उहाँले खुमलटार रातो जातको आलु लगाउनुभएको छ । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्नुहुन्थ्यो । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थाल्नुभएको छ । रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उहाँले व्यावसायिक उत्पादनमा जोड दिनुभएको हो । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताउनुभयो । आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उहाँको भनाइ छ । अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् । यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ । रामपुर–६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहनुभएको छ । उहाँले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राख्नुभएको छ । रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् । रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् ।
सप्तरीको राजविराज नगरपालिकाको मुख्य गजेन्द्र चोकको दक्षिणपट्टिको मुख्य सडकछेउमा बिहानैदेखि जिल्लाको विभिन्न ठाउँबाट मजदुर आउने गरेका छन् । हात हातमा खानाको झोला बोकेर एकैठाउँमा जम्मा हुन थाल्छन् ।
कालीकोटको खाँडाचक्र नगरपालिकामा भाइरल ज्वरो फैलिएपछि चिकित्सक परिचालन गरिएको छ । जिल्ला सदरमुकाम मान्मसँग जोडिएको खाँडाचक्र नगरपालिका वडा नं २ मा इन्फुलुएन्जा जस्तै भाइरल देखा परेपछि चिकित्सक सहितको टोली परिचालित गरिएको हो ।
स्थानीय तहदेखि सङ्घसम्म रोजगारी सिर्जनाका माध्यम खोज्ने उद्देश्यसहित नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गरेको छ । देशव्यापी रूपमा एक वर्षसम्म सञ्चालन गरिने यस अभियानको आइतबार कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा औपचारिक घोषणा गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि १० जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाको आवेदन परेको हो ।
काठमाडौँ, फागुन २६ गते । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
चितवन निकुञ्ज हुँदै माडी लगिएको भूमिगत पुरानो तारमा समस्या आएपछि थप अर्को नयाँ तार बिछ्याउने तयारी गरिएको छ । आठ वर्षअगाडि बिछ्याइएको विद्युत्को तारमा
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आफ्नो विषयमा स्पष्टीकरण पेस गर्नुभएको छ ।
अर्थ मन्त्रालयले पूर्वतयारी भएका आयोजनाका लागि मात्र बजेट प्रस्ताव गर्न जोड दिएको छ ।
प्रहरीले मानव तस्करीका शृङ्खलाबद्ध घटनामा संलग्न एक आरोपितलाई लामो प्रयासपछि नियन्त्रणमा लिएको छ ।
गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण र पीडितलाई पुनस्र्थापना गर्ने काम प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ ।
तोकिएको धरौटी तथा जमानत दिन नसकी थुनामै रहेर मुद्दा पुनरावेदन गर्दा ६ महिनामा किनारा लगाउनुपर्ने व्यवस्था भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिको हकमा पनि लागु हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ ।