कालीकोटको लालुमा जन्मिनुभएका योगी नरहरिनाथलाई सम्झिन थालिएको छ । उहाँको १११ औँ जन्मोत्सव यसपालि भव्यताका साथ मनाइएको छ । गत शनिबारदेखि कालीकोटको रहगाडमा योगी नरहरिनाथको जन्मोत्सवका अवसरमा सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजना गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशमा आन्दोलन गरिरहेका विद्यार्थीले नेपाली कांग्रेसको झन्डा फालेपछि दुई पक्षबिच विवाद भएको छ ।
करारका कर्मचारीलाई स्वतः स्थायी बनाउन नपाउने भन्दै आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गर्नुभएको छ ।
समाज सबै एक खालको हुँदैन । विविधता नै समाजको मूल चरित्र हो ।
अभिव्यक्ति स्वतन्त्रता भनेको बिनापूर्वप्रतिबन्ध सूचना पाउने, व्याख्या विश्लेषण गर्ने र वितरण गर्ने अधिकार भन्ने बुझिन्छ । अभिव्यक्ति स्वतन्त्रता व्यक्तिको जन्मजात प्राप्त हुने नैसर्गिक हक हो । मानव अधिकारको परिभाषाभित्र पर्ने यो हक प्राप्त गर्न निकै लामो सङ्घर्ष गर्नु परेको इतिहास छ ।
महिला शब्द सृष्टिकी जननी, घरकी साक्षात् लक्ष्मी, अन्यायको अन्त्यका लागि शत्रुको विनाश गरी न्याय स्थापित गर्र्ने शक्ति स्वरूपा काली, दुर्गा भवानीलगायतका विविध उपमाले परिचित हुँदै आएको छ ।
बझाङको बुंगल नगरपालिकाका भूकम्प प्रभावित परिवारहरूले अस्थायी आवास निर्माणको दोस्रो किस्ता रकम अझै पाउन सकेका छैनन्। गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपैयाँ मात्र उपलब्ध गराएको थियो। तर, अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दा समेत पीडितहरूले उक्त रकम पाएका छैनन्।
नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण तयारी आरम्भ भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
कप्तान रोहित शर्माको अर्धशतकीय पालिको सहयोगमा भारतले आइतबार न्युजिल्यान्डलाई चार विकेटले हराएर च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।
राष्ट्र्का लागि युवा शक्ति अमूल्य सम्पत्ति हो । युवा भनेको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदू्रत र परिवर्तनका संवाहक हुन् ।
म्याग्दी, फागुन २६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मा ढुङ्गेघरहरु रहेको मगर बस्ती मुना गाउँ । धवलागिरि गाउँपालिकाको केन्द्र रहेको यहाँबाट मुना ढोरपाटन शिकार आरक्ष, गुर्जा, पूर्वी रुकुम, गुरिल्ला पदमार्ग, मुना मालिका र डोल्पाको पदयात्रामा जान सकिन्छ । तस्बिरः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
काठमाडौँ, फागुन २६ गते । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन् ।काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०÷३५ की महिला यही फागुन २४ गते बिहान ११।५० बजे मृत फेला परेकी थिइन् । प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गएको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिको सङ्लग्नता खुल्न आएकोले उपत्यका स्थित विभिन्न स्थानबाट निजलाई जिल्ला प्रहरी परिसर काठमाडौँसमेतको प्रहरी टोलीले पक्राउ गरेको थियो । आरोपीलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
बागलुङ, फागुन २६ गते । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरु अहिले आर्थिक रूपमा सवल बनेका छन् । जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आवद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् ।स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताउनुभयो । तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उहाँको भनाइ छ । तालिमले यहाँका महिलालाई व्यवसायिक बनाएको पुनले बताउनुभयो ।उहाँले भन्नुभयो, “बाँको त हाम्रो जङ्गलमा जति पनि पाइन्छ, सिस्नोले बारीनै ढाक्छ, पहिले यतिकै खेर गएका ती वस्तुहरु अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि पैसामा बिक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ ।”आफूहरुले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उहाँको भनाइ छ । मागअनुसार बजारमा उत्पादन पठाउन सकेको पुनले बताउनुभयो । गत वर्ष रु चार लाखको सिस्नोको पाउडर, रु दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेको उहाँको अनुभव छ ।जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताउनुभयो । नगरपालिकाले तालिमसहित आलु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिला सक्रिय बनेको उहाँको भनाइ छ ।महिलाले सुरुमा करिब रु २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए । पछिल्लो समय देश विदेशबाट उनीहरुको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएका छन् ।