उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको बताउनुभएको छ ।
लगातारको वर्षाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ ।
अमेरिकी भण्डारहरूबाट डेलिभरी छिटो बनाउने नयाँ योजना अन्तर्गत पूर्ण प्याकेज फन्ड गर्ने पहिलो नाटो सदस्य बन्दै नेदरल्यान्ड्सले युक्रेनका लागि ५० करोड युरो (५७ करोड ७० लाख डलर) को अमेरिकी हतियारहरू खरिद गर्ने रक्षा मन्त्रालयले बताएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफू नेतृत्वको सरकारको एक वर्षको उपलब्धि विवरण सार्वजनिक गर्नुभएको छ।
दाङको राप्ती गाउँपालिका–१, भालुबाङबाट देखिएको अविरल वर्षापछि उर्लिएको राप्ती नदी ।
ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले श्रमदान अभियानलाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक तथा व्यक्तिगत स्वामित्वका काममा माओवादी केन्द्रले श्रमदान अभियान चलाई रहेको हो।
लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको ऊर्जा विकासको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले इजरायली बमबारी र भोकमरीका कारण गाजापट्टीमा दैनिक लगभग २८ बालबालिकाको मृत्यु भइरहेको घोषणा गरेको छ ।
हाल देशैभरि मनसुनी वर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले सर्वसाधारणमा अपिल गरेको छ ।
बबई नदीमा पानीको सहत बढ्दै गएपछि डुवान पर्नसक्ने स्थानहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
हबिबुल्लाह खट्टीले आफ्नो सुक्खा टापु गाउँ त्याग्नुअघि आमाको चिहानमा अन्तिम बिदाइ भन्न जाँदा उहाँका खुट्टामुनि नुनका तहहरू चर्किरहेका छन् ।
कार्टुन भनेको विचित्रको विधा हो, अङ्ग्रेजी मा भन्नुपर्दा ‘क्यारिकेचर’ हो तर ‘क्यारिकेचर’ भनेको ठ्याक्कै व्यङ्ग्य चाहिँ होइन । ‘इट इज नट सटायर’ । कसैलाई गाली गर्नु प¥यो भने धेरै शब्द छन् । अप्ठ्यारो चिजलाई सजिलो र कलात्मक ढङ्गले प्रस्तुत गर्ने विधा नै कार्टुन हो ।
भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ ।