• २० साउन २०८२, मङ्गलबार

बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र परिचालन

blog

काठमाडौं, साउन २० गते । बबई नदीमा पानीको सहत बढ्दै गएपछि डुबान पर्नसक्ने स्थानहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ  । 

सशस्त्रका सह प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार, सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरु डुबान पर्नसक्ने भएकाले उद्धारका लागि सुरक्षाफौज परिचालन भएको हो । 

बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा छ । जहाँ पानीको सतह ६ दशमलव ८० पुगेपछि खतरा मानिन्छ । 

डुबानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज परिचालित भएको हो । 

त्यस्तै, डुबानमा पर्नसक्ने क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामग्रीसहित तयारी हालतमा राखिएको छ ।