दक्षिण कोरियामा सन् २०२५ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत पाँच हजार तीन सय नेपाली श्रमिकलाई लैजान आवेदन माग गरेको छ । दक्षिण कोरिया सरकारको श्रम संसाधन विभागले सन् २०२५ मा उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न यो सङ्ख्यामा कोटा मागेको हो । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार दक्षिण कोरियामा साना तथा मझौला उद्योगमा विदेशी श्रमिक अभाव हुन
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ १९ पैसा र बिक्रीदर १४० रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म पनि गाउँ र नगर सभामा बजेट पेस गर्न नसक्ने स्थानीय तहको बारेमा स्थलगत अनुगमन सुरु गर्ने भएको छ । निर्धारित समयमा आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम र वार्षिक बजेट सभामा पेस गर्न नसक्ने स्थानीय तहको समस्या र समाधानको उपायको खोजी गर्नका लागि मन्त्रालयका तीन जना सहसचिवको नेतृत्वमा बुधबारबाट अनुगमनमा जान लागिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले विधान महाधिवेशनबाट थप बलियो बन्ने उल्लेख गर्नुभएको छ । विधान महाधिवेशनमा पार्टीभित्र नमिलेको कुरामा बहस छलफल हुँदै ‘एक मन एकता’ बोकेर मिसन–८४ मा होमिने पोखरेलले दाबी गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पश्चिम नेपालमा बाढी तथा डुबानको खतरा बढेकाले सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ । कार्यवाहक प्रधानमन्त्री सिंहले गृह मन्त्रालय तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उच्च सतर्कताका साथ क्षतिबाट नागरिकको जिउधनको रक्षाका लागि आवश्यक व्यवस्थापनसहित तैनाथ रहन निर्देशन दिनुभएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ ।
त्रिभुवन विश्वविद्यालयले चालु आर्थिक वर्षबाट लागु हुने गरी एकीकृत वित्तीय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । यो प्रणाली त्रिवि केन्द्रीय कार्यालयबाटै अनुगमन गर्न सक्ने वेबमा आधारित आर्थिक व्यवस्थापन सफ्टवेयर हो ।
विगत लामो समयदेखि चर्चामा रहेको सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ आगामी असोज १ गतेदेखि सात वटै प्रदेशमा अनिवार्य हुने भएको छ । सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षता मङ्गलबार सिंहदरबार बसेको सात वटै प्रदेशका सम्बन्धित मन्त्री र सचिव सहभागी बैठकले सवारीसाधनमा अनिवार्य रूपमा
सङ्घीय निजामती सेवा विधेयकमा विषयगत समितिमा भएको सैद्धान्तिक छलफल अनुसार प्रतिवेदन तयार नगरी गम्भीर त्रुटिको निक्र्योल गरेको संसदीय छानबिनले संलग्न व्यक्ति किटान र कारबाहीबारे निचोडबिनाकै प्रतिवेदन बुझाएको छ ।
नेपाल सरकारले विभिन्न नीति, कार्ययोजना तथा नियमावली स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को साउन १८ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको प्रस्तावमा नीति, कार्ययोजना तथा नियमावली स्वीकृत गरेको हो ।
नेकपा (एमाले) कर्णाली प्रदेशले पार्टीको बिधान संशोधनको सुझाव माग्न गाउँ केन्द्रीत कार्यक्रम गर्ने भएको छ । बिधान संशोधनमा ग्रामीण क्षेत्रका नेता कार्यकर्ता बुद्धीजिवीहरुको सुझाव लिन गाउँ पस्ने निर्णय गरेको हो ।
प्रसिद्ध कालिमाटी गंगामाला मन्दिरको पर्खाल भत्किएको छ । लगातारको बर्षाको कारण पर्खाल भत्किदा मन्दिर जोखिममा परेको छ। कालिमाटी गाउँपालिका वडा ३ स्थित गंगामाला भगवतीको मन्दिरको तल्लो पर्खाल भत्किएको वडा अध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी) मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र विज्ञान, प्रविधि र नवप्रवर्तन उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक विषयलाई टुङ्गो लगाउने विषयमा महासंघका पदाधिकारी तथा सदस्यहरुसँग मंगलबार छलफल गरेको छ ।