शंकर केसी
सल्यान, साउन २० गते । प्रसिद्ध कालिमाटी गंगामाला मन्दिरको पर्खाल भत्किएको छ । लगातारको बर्षाको कारण पर्खाल भत्किदा मन्दिर जोखिममा परेको छ। कालिमाटी गाउँपालिका वडा ३ स्थित गंगामाला भगवतीको मन्दिरको तल्लो पर्खाल भत्किएको वडा अध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिनुभयो ।
कालिमाटी क्षेत्रमा सोमबारदेखि लगातार पानी परेको छ । मन्दिरको छेउतिर लगाइएको पर्खाल भत्किएको छ । मन्दिरको प्रांगण बनाउन र संरक्षणका लागि निर्माण गरिएका अन्य पर्खाल पनि जिर्ण अवस्थामा रहेको उहाँको भनाइ छ ।