जिल्लाको मध्य क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जनताको घरआँगनमै पुगेर राष्ट्रिय परिचयपत्र सङ्कलन गरी वितरण गर्न थालेको हो ।
कर्णालीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका चाङ छन् । कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा थुप्रै महिलाले प्रजननसम्बन्धी समस्या भोग्नु परेको छ । वीरेन्द्रनगरमा आयोजित यौन तथा स्वास्थ्य अधिकारसम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रममा सहभागीले कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । भगवतीमाई गाउँपालिका–७ र ६ स्थित ज्योतिगे खोलामा पुल मर्मत नहुँदा बर्सातको समयमा स्थानीयलाई आवतजावत गर्न असहज भएको हो ।
निरन्तर वर्षापछि खसेको पहिरोका कारण बैतडीको सिगास गाउँपालिका –९ स्थित रमिलापूर नजिक जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
लमजुङको दोर्दी गाउँपालिकामा ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सुरुवात गरिएको छ । गाउँपालिकामा रहेका होमस्टे गाउँको प्रचारप्रचार गरी पर्यटकीय गतिविधिलाई चलायमान बनाउन यस्तो कार्यक्रम सुरुवात गरिएको हो ।
पचास वर्षदेखि आफ्नो जग्गाको जग्गाधनी पुर्जा पाउनबाट वञ्चित रहेका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका दुई वडावासीको लालपुर्जा लिने चाहना पूरा हुने भएको छ । विसं. २०३२ मा सिमाना विवादका कारण साबिकको भुम्लु र फलाँटे गाविस (हाल भुम्लु गाउँपालिका–७ र ८)
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदन भण्डारीको शव भेटिएको पश्चिम चितवनको गाँजीपुरलाई राजनीतिक ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको छ ।
देश सङ्घीय संरचनामा गएपछिको दोस्रो आवधिक निर्वाचन सम्पन्न भएको तीन वर्ष पुग्दै छ । सङ्घमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेशमा पनि पर्दै आएको छ । प्रदेशका लागि भएको पहिलो कार्यकालमा जस्तै दोस्रो कार्यकालमा पनि बागमती प्रदेश सरकार निर्माणमा अस्थिरता देखिएको छ ।
पुतलीबजार नगरपालिका–१२ राङखोलाबाट बिरुवा सदरमुकाम जाने सडक भाँसिएको छ । यो सडक बिरुवा हुँदै तनहु जोड्ने सडक समेत हो ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ ।
घरपरिवारको एक छाक कटाएर चन्दा सङ्कलन गरी लघुजलविद्युतको पावरहाउस मर्मत गर्न बैतडीका मठैराजवासी जुटेका छन् ।
मुलुकी अपराध संहिता २०७५ ले पूर्णतया निषेध गरेको बहुविवाहलाई सरकारले निश्चित परिस्थितिमा छुट दिने गरेर कानुन ल्याउन लागेको विषयमा दार्चुलाका महिलाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।
बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारका मुख्य सडकमा भएका खाल्टाखुल्टीले नागरिकले दुःख खेप्न बाध्य भएका छन् । बजारभित्रको अधिकांश सडकको खाल्टाले स्थानीय व्यवसायीदेखि पैदलयात्रीले दैनिक सास्ती व्यहोर्न बाध्य भएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा