श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताउनुभएको छ ।
संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ । सोमबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकले सो निर्णय गरेको हो ।
अछाममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।
सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य अलपत्र छाडेर निर्माण व्यावसायी (ठेकेदार) सम्पर्कविहीन बनेका छन् ।
प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
मिथिला मध्यमा परिक्रमा हिन्दू धर्मावलम्बीहरूका लागि मात्र नभई विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्राका रूपमा परिचित छ, यसलाई मिथिलाको महाकुम्भ पनि भन्ने गरिन्छ । तर परिक्रमा यात्रीको विश्राम स्थल वेवारिसे अवस्थामा छन् भने विश्राम स्थलका लागि कुनै ठोस योजना समेत बनाइएको छैन ।
इरानको विदेश मन्त्रालयले लामो समयदेखि तेहरानको सहयोगी रहेका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने समुदाय अलावीसहित सिरियामा रहेका अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्नुको कुनै औचित्य नरहेको बताएको छ ।
भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गर्नुभएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमबार प्रमाणीत गर्नुभएको हो ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ । सोमबार आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले यसबारे जानकारी गराएको हो ।
वालिङले चापाकोट नगरपालिकालाई ३–१ को सेटमा हरायो । वालिङले २५–२३, २७–२९, २५–२२, २५–१९ को जित निकालेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक सोमबार पनि ओरालो देखिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
गुल्मीमा ४३ वर्षीय नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ बुल्मको कच्ची मोटरबाटोमा सोही वडाका कुमाल सोमबार मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गतेसम्म हुने भएको छ।