न्यूजिप परियोजना अन्तर्गतको काममा गरेको प्रगतिले बागलुङ नगरपालिका सम्मानित भएको छ ।
नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको संरक्षण, संवर्धन एवं प्रवर्धनमा गोरखापत्रको अतुलनीय भूमिका रहेको कुरा घाम जत्तिकै टड्कारो छ भन्नमा कुनै अत्युक्ति छैन ।
एक हजार रुपियाँ दरका नक्कली नोटसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट दुई जनालाई पक्राग गरेको छ ।
घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिनुभएको छ ।
लगातारको वर्षापछि पहिरोले अवरुद्ध भएको जयपृथ्वी राजमार्ग पुन: सञ्चालनमा आएको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ पछिल्लो एक वर्षमा हालसम्म नेपाल, जापान, स्वीट्जरल्यान्ड र चीन गरी चार वटा अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा सहभागी हुनु भएको छ ।
नेकपा एमाले ले आगामी भदौ २० देखि २२ गते हुने दोस्रो विधान महाधिवेशनमा चार वटा मुख्य कार्यसूचीमा छलफल हुने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई हजार ६३५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो ।
म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ ।
अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् ।