म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको माग पूरा नगरे आयोजना निर्माणलाई ठप्प पार्ने चेतावनी दिएका छन् । आयोजना प्रभावितहरुले गाउँपालिका भित्र हाल निर्माणाधीन अवस्थामा रहेका पाँच वटा जलविद्युत आयोजनाहरूलाई विभिन्न ३१ बुँदे माग राखेका छन् । माग पूरा नगरे जलविद्युत आयोजना निर्माण अवरुद्ध पार्ने स्थानीयहरूको भनाई छ ।
बर्दिया प्रहरीले बहुमूल्य जडीबुटी सुगन्ध कोकिला बरामद गरेको छ । बढैया ताल गाउँपालिका वडा नं २ फुटाहाबाट नेपाल देखि भारत तर्फ लैजाँदै गरेको १० क्विन्टल सुगन्ध कोकिला सहित गोरु गाडा पक्राउ गरेको हो ।
जापानी काला र सुमारा गाईको हेरचाह गर्न दिनहुँ दर्जनौँ कामदार खटिएका हुन्छन् । नुहाइधुवाई गरेर सफा स्थानमा बस्न रुचाउने यी गाई पाल्न त्यति सहज छैन । यी काला जातिका गाई जापानको कोबे शहरमा निकै प्रसिद्ध छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रूपमा चयन हुनु भएको छ । सोमबार साँझ सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन हुनु भएको हो ।
विपन्न वर्गकोलागि आफ्नै बारीमा आयआर्जन गर्ने गरी पूर्वी चितवनको पहाडी क्षेत्रमा कफी सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
रोल्पाका एक पूर्व वडाध्यक्षको रुसमा निधन भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्वबडा अध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्वन्द्व परी निधन भएको जनाइएको छ ।
केन्द्रीय विद्युत्को अभाव हुँदा करोडौँको लगानीमा बनेका चिस्यान केन्द्र प्रयोगविहीन बनेका छन् । बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा निर्मित चिस्यान केन्द्र विद्युत् अभावमा प्रयोगविहीन बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलो पटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
ऐतिहासिक पाल्पा दरबारपरिसरको मूलढोकाको निर्माण रोकिएको छ । जीर्ण भएर दुई वर्षअघिदेखि पुनर्निर्माण भइरहेको मूलढोकाको निर्माण कार्य रोखिएको हो ।
पाल्पाका १० स्थानीय तहमध्ये अधिकांश पालिकाको केन्द्रसम्म पुग्ने पहुँच मार्ग अझै स्तरोन्नति हुन सकेको छैन । स्थानीय तह बन्नुअघि बनेका पहुँच मार्गको अवस्था आठ वर्षमा पनि उस्तै रहेको छ ।
रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेर पुनरावेदन दिनुभएको छ ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१, घाङसाङबँेसीका १४ वर्षीय राजु मगर र १० वर्षीय सुबिना मगरको विद्यालय जाने यात्रा जोखिमपूर्ण छ । उहाँहरू दिनहुँ जोखिम मोलेर
दुर्गमका महिलाको कार्यबोझमा कमी आएको छैन । खानेपानी, सडकलगायतका सेवासुविधाले कार्यबोझ घटेको भनिए पनि एकपछि अर्को समस्या महिलामाथि थपिँदा कार्यबोझमा कमी नआएको हो । सडक पुग्यो, आफ्नो यातायात छैन ।