नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना निर्माण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले सामाजिक सुरक्षा तथा बाल संरक्षणको सवालमा प्रदेश सरकारले काम अघि बढाएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले बुधबार शिष्टाचार भेट गर्नुभएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आफू जिम्मेवारीमा आएको मन्त्रालयको प्रमुख चुनौतीपूर्ण जिम्मेवारीको काम पारदर्शीता कायम गर्नु रहेको र त्यसलाई कामय गर्नेगरी काम गर्ने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार ‘ललितकलामा एआई’ विषयक कार्यक्रम सम्पन्न भएको छ।
पानी पर्नासाथ पहिरोका कारण सास्ती दिइरहने राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्डको चोरखोला क्षेत्रमा स्थलगत अनुगमन गरिएको छ । सल्यानबाट निर्वाचित संघीय सांसद एवं पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार सल्यान–दाङ सिमानाको चोरखोला क्षेत्रको पहिरोका बारेमा स्थलगत निरीक्षण तथा सरोकारवालासँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबिच बुधबार पार्टी एकताबारे छलफल भएको छ ।
मुलुकभर परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित ‘एमसिसी’ पारित भएको बताउनुभएको छ।
कर्णाली प्रदेशसभाको छैंटौ अधिवेशन अन्त्य भएको छ । बुधबार राति १२ बजेदेखि अन्त्य हुनेगरी प्रदेश सरकारको सिफारिस र प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैंटौं अधिवेशन अन्त्य गर्नुभएका सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो ।
मकवानपुरको मनहरी गाउँपालिका –६ मा करेन्ट लागेर एक व्यक्तिको मृत्युभएको छ । मनहरी गाउँपालिका –६ स्थित जोगिताल पुछार टोलमा चितवनको राप्ती नगरपालिका –१ बस्ने वर्ष ३५ को लालबहादुर मोक्तानको बुधबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
झापा गाउँपालिका–१, लसुनामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि उहाँको मृत्यु भएको छ ।
न्युजिल्यान्डको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमास (अप्रिल-जुन) मा बढेर ५.२ प्रतिशत पुगेको छ । श्रम बजारमा लगातार कमजोरी देखिँदै गएको राष्ट्रिय तथ्यांक विभाग स्ट्याट्स एनजेड ले बुधबार जानकारी दिएको छ ।
एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेर समूहमा नेपालका अर्पिल राना शनिबार कांस्य पदकमा सीमित बन्नुभएको छ ।