श्रीलङ्काको भ्रष्टाचार विरोधी अधिकारीहरूले बुधबार एक समयका शक्तिशाली राजापाक्षे परिवारका एक सदस्यलाई पक्राउ गरेका छन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य हृदयराम थानीको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
हिरोशिमामा आणविक बम बारी भएको ८० वर्ष पूरा भएको अवसरमा जापानले बुधबार एक समारोहको आयोजना गरी विश्वलाई आणविक हतियार आतङ्कको सम्झना गराएको छ ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त-जनरल फिलिप लाजारिनीले गाजा पट्टीमा पछिल्लो समय स्थानीयको मृत्युको कारण भोकमरी भएको पुष्टि गर्दै जनतालाई सुरक्षित र निरन्तर सहायता वितरण गर्न आह्वान गर्नुभएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता गर्नुहुँदै ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बहुविवाहको विवादित मस्यौदाका बारेमा सरकारको जवाफको माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले बहुविवाहलाई छुट दिने गरी कानुन बन्न नहुने भन्दै खेद प्रकट गर्नुभयो ।
काठमाडौँ जिल्ला क्रिकेट सङ्घको छैटौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
चीनमा चिकनगुनिया भाइरसको प्रकोपले अधिकारीहरूलाई मच्छडदानीदेखि कीटाणुनाशकको उपयोगबाट रोकथामका उपायहरू अपनाउन प्रेरित गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा नयाँ प्रतिबन्ध लगाउने समयसीमा नजिकिँदै गर्दा अमेरिकी राजदूत स्टिभ विटकफ बुधबार मस्को आइपुग्नुभएको र उहाँले रुसी नेतृत्वसँग भेटघाट गर्नुहुने सरकारी राज्य सञ्चारमाध्यमले जनाएको छ ।
प्रथम इन्डियन ओपन विश्व एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुने टोलीको बिदाइ गरिएको छ ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
वासिङ्टनले रुसी तेल खरिद गरेको भन्दै अमेरिकी कर वृद्धि गर्ने धम्की दिएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बुधबार मस्को पुग्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक बालकको मृत्यु भएको छ ।
विदेशबाट फर्किएर आफ्नै माटोमा श्रम र पसीना खर्चिएका जिल्लाको बनौं गाउँका एक युवा कृषकलाई अकबरे खुर्सानीले बजार पाउन नसकेपछि चिन्ता परेको छ ।
इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिमा जोड्ने विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड युरो (१५अर्ब ६० करोड डलर) परियोजनाका लागि बुधबार अन्तिम स्वीकृति दिनेछ ।