न्यूयोर्क, साउन २१ गते । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त-जनरल फिलिप लाजारिनीले गाजापट्टीमा पछिल्लो समय स्थानीयको मृत्युको कारण भोकमरी भएको पुष्टि गर्दै जनतालाई सुरक्षित र निरन्तर सहायता वितरण गर्न आह्वान गर्नुभएको छ ।
सामाजिक सञ्जाल एक्समा लाजारिनीले संयुक्त राष्ट्रसङ्घको समन्वयमा भएको सहायता वितरण बिन्दु इजरायली सैन्य वितरण बिन्दुमा प्रतिस्थापन भएपछि गाजबासीहरूको भोकमरीका कारण मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले साझेदारहरूद्वारा समर्थित सामुदायिक वितरण केन्द्रहरूले गाजापट्टीमा अनिकाल फैलिनु अघि लगभग २० लाख मानिसलाई खाना र सहायता प्रदान गर्दै आएको बताउनुभएको छ ।
युएनआरडब्लुएका आयुक्तले राष्ट्रसङ्घ तथा यसका साझेदारहरूलाई काम गर्न अनुमति दिने आवश्यकतामा जोड दिँदै सुरक्षित र निर्बाध सहायता प्रदान गर्ने समय आएको बताउनुभएको छ । यसअघि, मङ्गलबार उहाँले युद्धमा रणनीतिक विरामको बावजुद मानवीय शिविरहरूमा पुग्न सहजता प्रदान गर्न, गाजामा प्रवेश गर्ने सहायताको मात्रा चरम भोकमरीमा अपर्याप्त भएको उल्लेख गर्नुभएको छ ।
हत्या, भोकमरी, विनाश र विस्थापनसहित, अन्तर्राष्ट्रिय अपील र अन्तर्राष्ट्रिय अदालतको आदेशलाई बेवास्ता गर्दै सन् २०२३ अक्टोबर७ देखिको इजरायली कब्जाले गाजापट्टीमा नरसंहारको अवस्था ल्याएको छ । रासस/क्युएनए