बर्दियाको गुलरियामा १४ जना महिला मिलेर चप्पल कारखाना सञ्चालनमा ल्याएका छन् । महिलालाई उद्यमशील बनाउने उद्देश्यसहित गुलरिया नगरपालिकाले आयोजना गरेको तालिमपछि उनीहरूले यो पहल गरेका हुन् ।
स्याङ्जामा एकै आर्थिक वर्षमा तीन लाख छ हजार ४५० केजी मकै बिउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा तथा कृषि स्रोत केन्द्रको सहायतामा प्रदेशमै पहिलो मकैको बिउ उत्पादन गर्ने जिल्ला स्याङ्जा बन्न सफल भएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक पूर्वाधारको बृहत् सुधारमार्फत अर्थतन्त्रको विस्तार गर्ने गरी सरकारले सडक पूर्वाधार विकासमा विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले व्यापारिक प्रयोजनका लागि भारतबाट आयात गरिएको गुणस्तरहीन दाल सरकारले फिर्ता गरेको छ ।
प्रदेश सरकारले स्थानीय निकायलाई हस्तान्तरण गर्ने विभिन्न अनुदानलाई कार्यान्वयनमुखी बनाउन कर्णाली प्रदेश सरकारले ससर्त र किस्ताबन्दी योजनासहितको मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्थानीय तहमा हस्तान्तरण हुने बजेटको कार्यान्वयन पारदर्शी, जवाफदेही र नतिजामुखी बनाउन भन्दै यस्तो मार्गदर्शन जारी गरेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ०८ पैसा र बिक्रीदर १४० रुपियाँ ६८ पैसा निर्धारण गरिएको छ ।
विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापालाई विचाराधीन चार मुद्दामध्ये दुईमा दोषी ठहर गरेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।
एमाले महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा नकारात्मक टीकाटिप्पणीलाई कडाइसाथ रोक्नुपर्ने पार्टी निष्कर्ष रहेको उल्लेख गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित नौ विपक्ष दलले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्याङ्क कार्यविधि’ विपक्ष दलले नमान्ने भएका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको विपक्ष दलको बैठकले उक्त कार्यविधि नमान्ने निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रत्येक दिन कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने बताउनुभएको छ । प्रत्येक दिन र प्रत्येक महिना कर्मचारी सरुवाले प्रशासनिक सङ्घीयता अस्थिर भएको भन्दै अब आफूले प्रत्येक दिन हुँदै आएको कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने स्पष्ट पार्नुभयो ।
जलस्रोत विधेयक–२०८१ साउन २५ गतेभित्र पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्ने दबाबबिच एकपछि अर्को बखेडाले विधायन व्यवस्थापन समितिले प्रतिवेदन तयार गर्न सकेको छैन । पछिल्लो तीन वटा बैठकमा विधेयकको मसौदा प्रतिवेदनमाथि लगातार छलफल भएका छन् । यद्यपि सहमति भएको छैन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवर्धनबाट रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका –३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरू प्रयोग गर्न आह्वान गर्नुभयो ।
नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्तीय अनुशासन र आर्थिक विकासमा लेखापरीक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ ।