डडेलधुराको जोगबुढा र कञ्चनपुरको दैजी जोड्ने सडक खण्डको चुरेमा सडक मर्मत नहुँदा भित्री मधेशका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका दुर्गमवासी लामो समयदेखि कोल्टीमा इलाका प्रशासनको माग गर्दै आएका छन् । यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिका दुर्गम क्षेत्रमा पर्ने गर्दछन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
कैलालीको टीकापुर–धनगढी सडकमा चल्ने सवारीधनीले चर्को भाडा असुली गर्दा यात्रु मारमा परेका छन् । यातायात व्यवस्था विभागले २०८१ पुस २२ गतेदेखि लागु हुने गरी भाडा दर तोके पनि यातायात व्यवसायीले त्योभन्दा बढी भाडा लिइरहेका छन् । सरकारले २५ किलोमिटरदेखि २५० किलोमिटर दुरीका पक्की तथा ग्राभेल बाटोमा चल्ने यात्रुवाहक बस, मिनीबसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति तीन रुपियाँ भाडा दर तय गरेको छ तर टीकापुर–धनगढी रुटमा करिब एक सय किलोमिटरको भाडा ३५० रुपियाँ उठाइरहेका छन् । विभागले तोकेको भाडादर अनुसार यस क्षेत्रको भाडा तीन सय रुपियाँ हुनुपर्ने हो ।
दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो ।
दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम उत्खनन स्थल जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । गत सोमबार एक कार्यक्रमबिच भैरवी गाउँपालिका–१ स्थित जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले नयाँ नागरिकता र राहदानी लिनेको सङ्ख्यामा कमी आएको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ भन्दा गत आव २०८१/८२ मा नयाँ नागरिकता र राहदानी लिनेको सङ्ख्यामा कमी आएको हो । जिल्ला प्रशासनबाट सम्पादित कार्यको जानकारी गराउनुहुँदै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले गत आवमा पाँच हजार ६४८ नयाँ नागरिकता जारी गरिएको र अघिल्लो आवमा पाँच हजार ८०२ वटा नागरिकता वितरण गरिएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पसले आफ्नो ४९औँ स्थापना दिवसका अवसरमा आज शासकीय प्रयोगशालामा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’ शीर्षकमा आधारित कार्यक्रम आयोजना गरेको छ ।
बागलुङमा वन्यजन्तुको आक्रमणका कारण एक वर्षमै एक सय बढी घरपालुवा जनावरको मृत्यु भएको छ । डिभिजन वन कार्यालय बागलुङका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चितुवा लगायतका जङ्गली जनावरको आक्रमणबाट एक सय ५९ वटा घरपालुवा जनावरको मृत्यु भएको हो ।
बागमती प्रदेशको नवगठित सरकारको मङ्गलबार साँझ बसेको पहिलो मन्त्रीपरिषद् बैठकले प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।
प्रहरीको गोली लागेर राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरका ३६ वर्षीय लालु प्रसाद यादवको प्रहरीको गोलीबाट मृत्यु भएपछि त्यसको विरोधमा उत्रेका स्थानीय राजनीतिकदलहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रेल विभागबाट प्रस्तावित रेलमार्गको वैकल्पिक रेखाङ्कन र सम्भावना अध्ययन गराई राय पेस गर्न निर्देशन भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।