कुनै समय गाउँ–बस्ती डुल्दै सर्प देखाएर, महकाढेर वा भिक्षा माग्दै जीविका चलाउन बाध्य नटुवा समुदाय अहिले आत्मनिर्भर भविष्यको सपना देख्दैछन् ।
बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् ।
लमजुङमा पछिल्लो वर्षहरूमा सम्बन्ध विच्छेदका मुद्दा गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत लमजुङमा गत आर्थिक वर्ष २०८१–८२ मा तीनसय दश जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ ।
उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४, यारामा रहेको कलात्मक गुफाभित्र रहेको लुरी गुम्बाले पर्यटकको ध्यान तान्ने गरेको छ ।
रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवामा रहेको डिप ट्युबेल सञ्चालनमा नआउँदा वरपरका खेतमा सिँचाइको समस्या भएको छ ।
बैतडीको मेलौली भगवती मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरुको काम अलपत्र रहेको हो ।
बाँकेमा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन महिनामा २९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको र ८९ जनामा स्क्रबटाइफसको शङ्कास्पद सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडक खण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मध्यनेपाल नगरपालिका–९ विमिरेभञ्याङमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् ।
सिराहाको १७ वटै पालिकाहरूमा प्रायः स्थानीय हाटबजार लाग्न सुरु भएको छ । स्थानीय हातबजार व्यवस्थित नहुँदा घाम पानीबाट त समस्या मात्रै होइन, असुरक्षाको दृष्टिकोणले समेत त्यति नै जोखिम भइरहेको जन गुनासो आउन थालेका छन् ।
यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहनुभएको छ । उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नुभएको छ ।
तनहुँको एक सामुदायिक वनले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउने भएको छ । देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समूह दोस्रो पुरस्कारका लागि छनोट भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।
प्रेस युनियन बागलुङले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य सङ्ख्या वृद्धि र पूराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको हो ।
विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममार्फत यहाँका छ स्थानीय तहका तीन सय १६ घरधुरीको पुनर्निर्माण गरेको छ भने १२ घरधुरी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको विपद फाँट प्रमुख नायब सब्बा रामराज पन्तले जानकारी दिनुभयो ।