अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले रुसी तेल खरिद गर्दा भारतीय सामानहरूमा थप कर लगाउने आदेश दिनुभएपछि थप अमेरिकी करहरूले व्यवसायमा थप जटिलता थपेको भारतीय निर्यातकहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेको एक दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रमा सम्झौता नगर्ने बताउनुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ।
नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको घोटालामा बहालवाला वडाध्यक्षदेखि बैँकका उच्च कर्मचारी, सञ्चालक, चिकित्सक, नेता लगायत अडिटर समेत गरेर १०३ जना फरार रहेका छन्।
काश्मीरका भारतीय अधिकारीहरूले बुकर पुरस्कार विजेता अरुन्धती रायको एक कृतिसहित २५ पुस्तक प्रतिबन्धित गरेका छन् । यी शीर्षकहरूले विवादित मुस्लिम बहुल क्षेत्रमा ‘पृथकतावादलाई उत्तेजित’ गरेको भन्दै अधिकारीहरूले प्रतिबन्धित गरेका हुन् ।
नेपाली महिला राष्ट्रिय टोलीले फिफा विश्व वरियतामा १३ स्थान छलाङ मारेको छ ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिकामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लज्जास्पद् नतिजा ल्याएको कैलारी गाउँपालिकास्थित सामुदायिक विद्यालयको कक्षा १२ को नतिजा पनि कमजोर आएको छ।
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फ्राइन्चाइज टोली मधेश युनाइटेडले आफ्नो लोगो सार्वजनिक गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापामगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड–२०८१ बाट सम्मान गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवलाई निर्देशन दिनु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमा उच्च आयात करहरू लगाउन बिहीबार सुरु गर्नुभयो । यद्यपि उहाँका महिनौँको भन्सार धम्कीहरूको आर्थिक नतिजाले अमेरिकी अर्थतन्त्रका लागि दृश्यमान क्षति सिर्जना गर्न थालेको छ ।
जगदुल्ला गाउँपालिका–१ पाटन क्षेत्रमा अवस्थित प्रेम ताल। पछिल्लो समय प्रेम ताल लगायत आसपासको क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पारस्थित नाकी खोला र लार खुन्ग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ ।
बाँकेमा भूमि समस्या समाधान आयोगले हालसम्म करिब एक हजार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।