किराँत समुदायभित्रको कुलुङ जातिको संस्कार संस्कृति ग्रन्थ ‘कुलु रिदुम्’ सार्वजनिक भएको छ । ‘कुलु’ को अर्थ जाति र ‘रिदुम’ को अर्थ संस्कृति हो । प्रेमचन्द्र कुलुङ सम्फोरुले लेख्नुभएको पुस्तकमा कुलुङ जातिमा जन्मदेखि मृत्युसम्म गरिने संस्कार पूजा र संस्कृतिको कुरालाई प्रस्तुत गरिएको छ । सो पुस्तक नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घले प्रकाशन गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गर्नुभएको छ । विशेष गरी तिज जस्ता सांस्कृतिक पर्वमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उहाँको भनाइ छ ।
वैदेशिक रोजगार विभागले यसअघिको कानुनी व्यवस्था अनुसार इजाजतपत्र निलम्बन गरेका ३५४ वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र फुकुवाको प्रक्रिया सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ०३ पैसा र बिक्रीदर १४० रुपियाँ ६३ पैसा कायम भएको छ ।
सर्वसाधारणलाई सेवा प्रवाह र सेवा लिन सहज हुने गरी संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । निकटमा रहेर सर्वसाधारणलाई तत्काल र सहज रूपमा सरकारी सेवा प्रदान गर्ने राज्यका निकाय स्थानीय तह हुन् । त्यसभन्दा अलिमाथिको सरकार प्रदेशको हो ।
सरकारले चिया श्रमिकलाई उपेक्षा गरेको र व्यवस्थापन पक्षले सेवा सुविधा नबढाएको भन्दै चिया श्रमिक आन्दोलित भएका छन् । श्रमिक आन्दोलित भएपछि झापाका चार वटा बगानको काम ठप्प छ ।
आकासे पानीको भरमा रोपाइँ हुने केही ठाउँमा भने धान रोप्न अझै बाँकी रहँदा अछामको साँफेबगरका एक किसानको खेतमा साउनमै धान पाकेको छ । साँफेबगरस्थित बुढीगङ्गा नदी किनारमा साउनमै बर्खे धान पाकेको हो । वैशाख अन्तिम सातामा रोपिएको धान साउन मध्यतिरै पाकेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपियाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपियाँ र र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपियाँ बराबरको विद्युत् बिक्री गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा परी जाजरकोटका सात जनाको मृत्यु भएको छ । ज्यालामजदुरीका लागि भारतको उत्तराखण्ड पुगेका कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना सो बाढीपहिरोमा परी बेपत्ता भएका थिए ।
भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् ।
न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको छ ।
कोशी प्रदेश सरकारले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको छ ।
नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न ‘थिङ्क ट्याङ्क’ स्तरमा एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सर्वोच्च अदालतबाट नागरिकता प्राप्तिसम्बन्धी भएको फैसलालाई नागरिकता बनाउने निकायले नजिरका रुपमा नमान्ने गरेको पाइएको छ।