राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पु-याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रतियोगिता आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवा ‘ए’ टिम जारी सिजनको खुला यार्तुङ आर्चरी प्रतियोगिता २०८२ को च्याम्पियन बनेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ ।
तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ ।
रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ ।
ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् ।
धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र ओझेलमा परेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेपाल–चीन सीमामा रहेको नाक्चेलाग्ना नाका तीन साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द रहेको उक्त नाका यही साउन २५ गतेदेखि भदौ १० गतेसम्म खुला रहने मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो ।
बागलुङ बडिगाड गाउँपालिका–२ खारपानीस्थित मध्य पहाडी लोक मार्ग अवरुद्ध भएको छ ।
आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने उद्देश्य लिएर फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको छ । सेती किनारमा फोहोर बिर्सजन गर्दा आलोचना खेप्दै आएकोमा तीन महिना भित्रै केन्द्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको हो ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफूले जिम्मेवारी समालेको एक वर्षको अवधिमा गरेका प्रगति सार्वजनिक गर्नुभएको छ । ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नाम पुस्तक विमोचन गर्दै उहाँले मन्त्रालय समालेको एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासँगै संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छन् । पछिल्लो समय स्थानीय कला, संस्कार, संस्कृति तथा मौलिक परम्परा लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन् ।