दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोकनजिकै बसोबास गर्दै आएका नमुना बस्तीका बादी समुदाय सुरक्षित बासको खोजी गर्न थालेका छन् । बादी समुदायले आफ्नो बस्ती जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँग माग गरेका छन् ।
मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार एक कार्यक्रमका बीच पोषण सामग्री वितरण गर्नुभएको हो ।
रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
दार्चुलाका नौ वटै स्थानीय तहमा एक हजार २८९ जना करार सेवाका कर्मचारी कार्यरत छन् । गत आर्थिक वर्षमा दुई नगरपालिका र सात गाउँपालिकामा एक हजार २८९ जना करार कर्मचारी कार्यरत रहेकोमा हाल अपिहिमाल गाउँपालिकाबाहेक अन्य कुनै पनि स्थानीय तहले करार कर्मचारीको नियुक्ति नवीकरण गरेका छैनन् ।
केही दिनयता भइरहेको अविरल वर्षाका कारण कैलालीको ग्रामीण क्षेत्रका कतिपय सडक हिलाम्मे भएका छन् । सडक हिलाम्मे र खाल्टाखुल्टीका कारण आवतजावत गर्नेलाई सास्ती भएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा छाडा छोडिएका घरपालुवा जनावरको बिगबिगीले किसान हैरान भएका छन् । छाडा पशुचौपायाका कारण रातदिन पहरा दिनु परेको किसानले गुनासो गरेका हुन् ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–८, खारेमा निर्मित खारे माध्यमिक विद्यालयको दुईकोठे भवन गाईगोठमा परिणत भएको छ । बागमती प्रदेशको २५ लाख रुपियाँको लगानीमा बनेको विद्यालय खासै चासोमा नपर्दा प्रयोगविहीन भएर भवन गाईगोठ बनेको हो ।
पूर्वाधार विकास कार्यालय दोलखाले गत आर्थिक वर्षमा १७ किलोमिटर पक्की सडक निर्माण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय आयोजनामार्फत सडक कालोपत्रे र ढलान भएको जानकारी दिएको छ ।
सिन्धुली जिल्लामा नक्सा पास गरेर निजी आवास बनाउनेको सङ्ख्या असाध्यै न्यून रहेको पाइएको छ । जिल्लामा स्थानीय तहले निजी तथा सरकारी भवन निर्माणका लागि कार्यविधि बनाई नक्सा पास गर्नुपर्ने व्यवस्था गरे पनि उक्त कार्यविधि पूर्ण रूपमा पालना हुन सकिरहेको छैन । अधिकांशमा भवन बनाउँदा नक्सा पास गर्नु पर्छ भन्ने ज्ञानको कमी, पहाडी भूबनोट र लापर्बाहीलगायतका कारणले नक्सा पास गर्नेको सङ्ख्या न्यून रहेको छ ।
कैलाली कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबिच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ ।
सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा ९७ लाखभन्दा बढीको लागतमा प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न काम सम्पन्न भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा