प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ।
कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैले साझा दायित्त्व बुझेर चुरे संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध र पयर्टन समितिले आज पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ।
इजरायली सेनाका प्रमुखले सुरक्षा क्याबिनेटको बैठकमा सेनाको अडान निर्धक्क भएर राख्ने बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय सरकारको आयोजनामा हुने भएपनि कर्णाली प्रदेश सरकार पूर्ण प्रतिबद्धताका साथ तयारीमा जुटिरहेको बताउनुभएको छ ।
मध्यरातदेखि बिहीबार बिहानसम्म गाजा पट्टीका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१, मठमा घर बनाउने क्रममा एक कामदारको मृत्यु भएको छ । आज बिहान बाँफिकोट गाउँपालिका–२, पिपल निवासी ४० वर्षीय कमल पौडेलको घरको एक तलामाथिबाट खसेर मृत्यु भएको हो ।
दक्षिण कोरियाली अभियोजकहरूले बिहीबार पूर्व प्रथम महिला किम केओन हीलाई घुस खोरी र स्टक हेरफेर लगायतका आरोपहरूमा सोधपुछ गरेको एक दिनपछि गिरफ्तारी वारेन्टको अनुरोध गरेका छन् ।
सल्यानको प्रमुख नदी शारदा नदीमा माछा संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालनमा आएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाको अगुवाइमा त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कालिमाटी गाउँपालिकाभित्र पर्ने शारदा खोलाको वरपर माछा संरक्षण अभियान थालिएको हो।
नेपालको इतिहासमा १२४ वर्षको इतिहास बोकेको ‘गोरखापत्र’ नेपाली भाषाको पहिलो समाचारपत्र हो । नेपाली भाषाको विकासका लागि महत्त्वपूर्ण खुड्किलो मानिएको ‘गोरखापत्र’ राणाकालका सुधारवादी प्रधानमन्त्री देवशम
नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई बिहीबार नेपाल आइपुग्नुभएको छ ।
अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्नका लागि तयारीमा रहेको नेपाली क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको छ ।
ब्राजिलले औपचारिक रूपमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानून अन्तर्गत मुख्य व्यापार प्रतिबद्धताहरूको उल्लङ्घन गरी चर्को कर लगाएको उल्लेख गर्दै परामर्शका लागि अनुरोध गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले रुसी तेल खरिद गर्दा भारतीय सामानहरूमा थप कर लगाउने आदेश दिनुभएपछि थप अमेरिकी करहरूले व्यवसायमा थप जटिलता थपेको भारतीय निर्यातकहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेको एक दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रमा सम्झौता नगर्ने बताउनुभएको छ ।