काठमाडौँ, साउन २२ गते । नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई बिहीबार नेपाल आइपुग्नुभएको छ ।
दोस्रो संस्करणका एनपिएलका लागिे शनिबार हुने खेलाडी अक्सनलाई लक्षित गरेर मोन्टी काठमाडौँ आइपुग्नुभएको हो । काठमान्डु गोर्खाजका पदाधिकारी र अफिसियलले मोन्टीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
फेब्रुअरीमा नेपाली राष्ट्रिय टोलीमा आफ्नो दुई वर्षे कार्यकाल सकेर भारत फर्कनुभएका मोन्टी ६ महिनापछि काठमाडौँ आउनुभएको हो । सन् मोन्टी २०२३ को फेब्रुअरी देखि २ वर्ष नेपालको प्रशिक्षक रहनुभएको थियो ।
यहि क्रममा नेपालले विश्वकप लिग-२ का १२ खेलमा ११ खेल जित्दै सिँधै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।