प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबलसत्रलाई सम्बोधन गर्नुभएको छ।
ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको दिनहुँजसो भिड लाग्न थालेको छ ।
सङ्घीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि निर्माण शुरु भएको म्याग्दीको बृहत् घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयन गर्ने कार्यालय हटेपछि अन्यौलता सिर्जना भएको छ ।
लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएका छन् । पछिल्लो केही दिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन थालेका हुन् ।
बर्दियाको ठाकुरद्वारास्थित खौराहा खोलामा साथीसँगै पौडी खेल्न जाने क्रममा गोहीको आक्रमणमा परी तीन दिनदेखि बेपत्ता भएका युवकको खोजी कार्य जारी रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैँकका अध्यक्ष जिन लिक्वानले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानाध्यापक नियुक्तिमा भएको ढिलाइप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ इनरुवाले इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै नै’ भेट हुनसक्ने बताउनु भएको छ । ट्रम्पले आफ्ना विशेष दूत र रुसी राष्ट्रपतिबीच मस्कोमा भएको अत्यधिक फलदायी वार्ता भनेर वर्णन गरेपछि उहाँको यस्तो भनाइ आएको हो ।
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१–८२ मा विभिन्न प्रजातिका पाँच लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन गरेको जनाएको छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन् ।
नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताउनुभयो । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उहाँको भनाइ छ ।
म्यान्माको सेनाद्वारा नियुक्त पूर्व राष्ट्रपति पूर्व जनरल मिन्ट स्वेको बिहीबार निधन भएको छ ।
काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
यहाँ झण्डै तीन हजार किलोमिटर बराबर सडक सञ्जाल फैलिएको छ । जिल्लाका सातवटै पालिकाका प्रत्येक वडा र टोलसम्म पनि सडकको पहुँच पुगेको छ ।
लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट क्षति भएका दुई सय ८९ घर परिवारलाई एक करोड १९ लाख रुपियाँ राहत उपलव्ध गराइएको छ ।