यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ ।
रौतहटमा शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि पूरक परीक्षाका लागि चार वटा केन्द्र निर्धारण गरिएको छ ।
नेपालगन्ज–दिल्ली हवाई उडानका लागि पहल र सहयोग गर्न अनुरोध गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको ध्यानाकर्षण गराइएको छ ।
सिँचाइका लागि विद्युतीय मोटर र बोरिङ अत्यधिक प्रयोग हुन थालेपछि भोल्टेजको समस्या बढ्न थालेको छ । छिनमै विद्युत् कटौती हुने र भोल्टेज नआउने समस्याले किसान तथा सर्वसाधारण हैरान भएका छन् ।
धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा १० वर्षअघि सुरु गरिएको खानेपानी आयोजनाको काम अझै पूरा भएको छैन । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र स्थानीयलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित विसं २०७२ मा सो आयोजनाको काम सुरु गरेको थियो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ मा लिफ्टीङ खानेपानी योजनाको एक करोड २९ लाख ६७ हजार रुपियाँ विद्युत महशुल अनुदान दिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार महिला पत्रकारको क्षमता अभिवृद्धि गर्न र पत्रकारितामा महिलालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका कृषक चिन्तित भएका छन् । पुस्टिएका र राम्रा दाना एकाएक झर्न थालेपछि यहाँका सुन्तला कृषक चिन्तामा परेका हुन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड फेरि अवरुद्ध भएको छ । बाटो चिप्लो भएका कारण दाउन्नेको उकालोमा गाडीहरु गुड्न नसक्दा समस्या भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिनुभयो ।
भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो ।
गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोकका रामु विकको परिवारमा कसैका आँखाका आँसु ओभाएका छैनन् । गत साउन १३ गते कक्षा ५ मा पढ्दै गरेका १० वर्षीय छोरा अनमोल विक गोठमा मृत भेटिए । परिवारले खोज्दै जाँदा अनमोलले प्लास्टिकको पासोमा जीवन गुमाएका थिए । ७९ वर्षीय हजुरआमा हरिकला विकले कल्पनाभन्दा बाहिरको विषय भएकाले गोठतिर कसैको ध्यान नपुगेको बताउनुभयो ।
बर्दियाको सदरमुकाम गुलरिया सहरको भविष्य अहिले पनि बबई नदीको तटबन्धको जगमा निर्भर देखिएको छ । बबई नदीको बारम्बारको बाढीले नगरको अधिकांश क्षेत्र उच्च जोखिममा पार्दै गएको छ । गुलरिया नगरपालिकाका १२ वडामध्ये वडा नं. २, ४, ५, ६, ८, १०, ११ र १२ बाढीको सधैँ चपेटामा पर्ने गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेपाल–चीन सीमामा रहेको नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द रहेको उक्त नाका यही साउन २५ देखि भदौ १० गतेसम्म खुल्ला रहने छ ।
अर्घाखाँचीका ग्रामीण भेगमा कालोपत्रेले तीव्रता पाएको छ । जिल्लाका टोल टोलमा सडक विस्तार भएको अर्घाखाँचीमा पछिल्लो समय गाउँबस्तीमा समेत कालोपत्रेले तीव्रता पाएको हो । कालोपत्रे भएपछि वर्षायाममा समेत यातायात सहज भएको छ । पछिल्लो आर्थिक वर्ष २०८१÷८२ मा सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले ३.३२ किलोमिटर नयाँ ट्र्याक, २७.६३ किमी कालोपत्रे, ५.३७ किमी सडक ढलान, ३१ किमी सडक चौडाइ गरेको जनाएको छ ।
नेपालको संविधानमा १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान छ तर यहाँका एक जना ज्येष्ठ नागरिकले ९७ वर्ष र एक जनाले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् ।