समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित गत वर्ष बागलुङमा ३१ पदमार्ग निर्माण गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/०८२ मा ३१ वटा पदमार्ग निर्माण गरेको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले आफूले पाउने पारिश्रमीक असहाय र अपाङ्ग बालबालिकाका लागि खर्च गर्नुहुने भएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको अवाजा सहरमा जारी छ । मङ्गलबारदेखि सुरु यो सम्मेलन शुक्रबार सम्पन्न हुने छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलगायत एलएलडिसीका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सहभागिता रहेको
सामाजिक सुरक्षा भन्नाले व्यक्ति र परिवारलाई विभिन्न जोखिम र सङ्कटबाट सुरक्षा प्रदान गर्ने नीति तथा कार्यक्रमको समूहलाई बुझाउँछ । यसले मानिसलाई गरिबी, बेरोजगारी, बिरामी, अशक्तता, वृद्धावस्था, र अन्य सामाजिक
वर्तमान समयमा लागुपदार्थको प्रयोग सबै देशको समस्याको रूपमा देखिएको छ । स्कुले विद्यार्थीदेखि पाको उमेरका मानिससम्म लागुपदार्थका अम्मली छन् । नेपालमा लागुपदार्थको बेचबिखन तथा दुर्व्यसनको समस्या विगतको वर्षको तुलनामा केही बढेको पाइन्छ । सुरुमा साथीभाइको सङ्गतको कारणले अनुभवका लागि यस्ता पदार्थको सेवन सुरु गरे पनि पछि बानीमा परिणत भई स्वयम् व्यक्तिका लागि यो जटिल बनेको पा
दोलखाको मेलुङ गाउँपालिका–२ की सम्झना खडका बुढाथोकीले व्यवसायिक रुपमा गरेको अकबरे खुर्सानी खेतीबाट लाखौँ रुपियाँ आम्दानी गर्नुभएको छ ।
नेपालको राष्ट्रिय सुरक्षा, सामाजिक विकास र दिगो भविष्य निर्माणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण छ । उनीहरू परिवर्तनका संवाहक, राष्ट्रका आधारस्तम्भ र भविष्यका नेतृत्वकर्ता हुन् । यिनै युवा शक्तिको सदुपयोग गर्दै नेपाली सेनाले राष्ट्रिय सेवा दल (रासेद) को माध्यमबाट दशकौँदेखि युवामा राष्ट्रियता, अनुशासन, कर्तव्यपरायणता र नेतृत्व गुण विकास गर्दै आएको छ । राष्ट्र निर्माणका विविध पक्षमा योगदान पु¥याउँदै से
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयताको सवलिकरणका लागि प्रदेश सरकारले कानुनी सुधार, सुशासन प्रवर्धन र जनसेवाका कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।
तनहुँ कारागारका कैदीबन्दीहरुमा छालाजन्य रोगको सङ्क्रमण फैलिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोचिएर सुत्नु पर्दा रोग सङ्क्रमण बढ्दै गएको तनहुँ कारागार प्रशासनले जनाएको छ ।
संघ संस्था खोल्नेहरुको ध्यान नवीकरण तर्फ नगएको पाइएको छ । स्याङ्जामा दर्ता भएका संघसस्थाहरु मध्ये १० प्रतिशतका हाराहरीमा नवीकरण भएको भेटिएको हो ।
वसन्ती लामा र राज टाइगरको स्वर रहेको तिज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीत परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रणले सजिएको छ ।
किर्गिस्तानको चोल्पोन अटे सहरमा आयोजना भएको विश्व परम्परागत संस्कृति तथा सङ्गीत मेलामा नेपालको ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ ले प्रस्तुति दिएको छ । सो समूहमा रहेका कलाकारले मेलामा मादल, बाँसुरी, सारङ्गीलगायत नेपाली मौलिक वाद्ययन्त्रद्वारा दर्शकको मन जितेका थिए ।
जिल्लाको प्रतिनिधित्व गर्दै विभिन्न खेलकुदमा सहभागीता जनाएर पदक जित्ने खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति म्याग्दीले सम्मान गरेको छ ।