• २२ साउन २०८२, बिहिबार

राष्ट्रियताको भावना जगाउने युवा शक्ति

blog

नेपालको राष्ट्रिय सुरक्षा, सामाजिक विकास र दिगो भविष्य निर्माणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण छ । उनीहरू परिवर्तनका संवाहक, राष्ट्रका आधारस्तम्भ र भविष्यका नेतृत्वकर्ता हुन् । यिनै युवा शक्तिको सदुपयोग गर्दै नेपाली सेनाले राष्ट्रिय सेवा दल (रासेद) को माध्यमबाट दशकौँदेखि युवामा राष्ट्रियता, अनुशासन, कर्तव्यपरायणता र नेतृत्व गुण विकास गर्दै आएको छ । राष्ट्र निर्माणका विविध पक्षमा योगदान पु¥याउँदै सेवा दलले युवा पुस्तालाई रणनीतिक रूपमा सशक्त बनाउँदै राष्ट्रको दिगो हितमा अनवरत प्रयास गरिरहेको छ । राष्ट्रको पहरेदारका रूपमा रहेको नेपाली सेनाले राष्ट्रिय सुरक्षा, विपत् व्यवस्थापन, विकास निर्माण, प्राकृतिक सम्पदाको संरक्षण, खेलकुदको विकास र विश्व शान्ति स्थापनामा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेको छ । यसका अतिरिक्त, अनुशासित, बफादार र देशको भविष्यको नेतृत्व लिन सक्ने युवापुस्तालाई देशभक्त तथा राष्ट्रप्रति समर्पित बनाउन दक्ष जनशक्ति तयार गर्ने कार्यमा सेवा दलको योगदान प्रशंसनीय छ । 

युवा शक्ति र राष्ट्रिय सेवा दलको भूमिका

कुनै पनि राष्ट्रको प्रगति र सामाजिक रूपान्तरणमा युवा शक्तिको भूमिका निर्णायक हुन्छ । युवा ऊर्जा, सिर्जनशीलता र क्रान्तिकारी शक्तिको प्रतीक हुन्, जसले समाज र राष्ट्रको रूपान्तरण गर्न सक्छन् । संयुक्त राष्ट्रसङ्घले १५–२४ वर्ष र नेपाल सरकारले १६–४० वर्षलाई युवा मानेको छ । जनगणना २०७८ अनुसार नेपालमा युवाको सङ्ख्या कुल जनसङ्ख्याको ४० प्रतिशत रहेको छ, जसले नेपालको विकासमा उनीहरूको अपार सम्भावनालाई उजागर गर्छ । यो जनसाङ्ख्यिक लाभलाई सही दिशामा परिचालन गर्न सकेमा राष्ट्रले अभूतपूर्व प्रगति हासिल गर्न सक्छ । यद्यपि, नेपालका युवा रोजगारीका अवसरको कमी, राजनीतिक प्रव्रिmयामा सीमित सहभागिता, अवैध गतिविधिमा संलग्नता, लागुऔषध दुव्र्यसनी र जलवायु परिवर्तनको जोखिम जस्ता बहुआयामिक समस्याबाट गुज्रिरहेका छन् । 

युवालाई गलत बाटोमा जानबाट रोक्न र उनीहरूलाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउने दायित्व राज्यको हो । यही दायित्वलाई बोध गर्दै विसं २०२२ असोज ११ गते राष्ट्रिय सेवा दल (रासेद) को स्थापना गरियो । स्थापनाकालदेखि नै नेपाली सेनालाई औपचारिक रूपमा रासेदको जिम्मेवारी सुम्पियो, जसले विद्यालय तहका विद्यार्थीलाई राष्ट्रप्रति समर्पित बनाउने तालिम दिन सुरु ग¥यो । विसं २०२७ मा राष्ट्रिय सेवा दल ऐन जारी भएपश्चात् विश्वविद्यालयका विद्यार्थीलाई सिनियर डिभिजन र विद्यालयका विद्यार्थीलाई जुनियर डिभिजन अन्तर्गत तालिम दिन थालियो, जसले युवा सशक्तीकरणको आधारशिला खडा ग¥यो । यसको स्थापना केवल सैनिक तालिमका लागि मात्र नभई, राष्ट्रको दीर्घकालीन सुरक्षा र सामाजिक सुदृढीकरणका लागि आवश्यक अनुशासित, देशभक्त र देशलाई धेरै माया गर्ने नागरिक तयार गर्ने एक रणनीतिक पहल थियो ।

रणनीतिक उद्देश्य 

राष्ट्रिय सेवा दलको स्थापना केवल सैनिक जीवनको झलक दिनका लागि मात्र नभई, राष्ट्रको समग्र सुरक्षा र विकासका लागि आवश्यक पर्ने अनुशासित, चरित्रवान् र कर्तव्यनिष्ठ नागरिक तयार गर्ने बृहत् रणनीतिक उद्देश्यका साथ भएको हो । तत्कालीन रक्षा मन्त्रालयको विसं २०२२ असोज २५ गतेको पत्र अनुसार राष्ट्रिय सेवा दलका तीन मुख्य उद्देश्य तोकिएका थिए । जसमा, छात्रछात्रामा अनुशासन, चरित्र, स्वस्थता, भ्रातृत्व भावनाको विकास गर्ने, आवश्यक परेमा राष्ट्रको सुरक्षाका निमित्त तयार रहने गरी सक्षम युवा शक्ति तयार गर्ने र भविष्यमा नेपाली सेनाका लागि योग्य अधिकृत छान्ने एक समूह तयार गर्ने । यी उद्देश्यले युवालाई सैनिक सेवाप्रति आकर्षित गर्न र राष्ट्रिय सुरक्षामा योगदान दिन सक्ने क्षमतावान् जनशक्ति तयार गर्ने दीर्घकालीन लक्ष्य राखेका थिए । यसले राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न युवा पुस्तालाई कसरी परिचालन गर्ने भन्ने रणनीतिक दृष्टिकोणलाई प्रतिविम्बित गर्छ ।

सेवा दलको विश्वव्यापी प्रभाव 

राष्ट्रिय सेवा दलको अवधारणा विश्वव्यापी रूपमा अभ्यासमा रहेको एक सफल युवा सशक्तीकरण मोडेल हो । सन् १८८८ मा जर्मनीबाट सुरु भएको मानिए पनि यसको लिखित इतिहास १८५६ को व्रिmमिया युद्धसँग जोडिन्छ, जहाँ ‘नेभल ल्याड्स ब्रिगेड’ नामक सङ्गठनले युवालाई राष्ट्रिय सेवामा संलग्न गराउन सुरु गरेको थियो । त्यसपछि भारत, पाकिस्तान, अमेरिका, रुस, सिङ्गापुरलगायतका देशमा पनि यस अवधारणा अनुरूप सेवा दलको स्थापना भई विभिन्न तालिम सञ्चालन हुन थाले । विश्वका शक्तिशाली राष्ट्रले पनि राष्ट्रिय सेवा दलको अवधारणालाई आत्मसात् गर्दै आएका छन् । अमेरिका, बेलायत, इजरायल, जर्मनी, क्यानडा, अस्ट्रेलिया, जमैका, पाकिस्तान, फिलिपिन्स, नर्वे, अस्ट्रिया, हङ्गेरी, फिनल्यान्ड, हङकङ, इन्डोनेसिया, आयरल्यान्ड, न्युजिल्यान्ड र रुस जस्ता देशले विभिन्न उमेर समूहका विद्यार्थीलाई क्याडेट तालिम दिएर उनीहरूमा असल नागरिकका गुण, नेतृत्व क्षमता र शारीरिक तन्दुरुस्तीको विकास गर्दै आएका छन् । 

नेपालमा पनि राष्ट्रिय सेवा दललाई यस्तै बहुआयामिक रणनीतिक उपकरणका रूपमा विकास गर्न सकिन्छ । अन्तर्राष्ट्रिय स्तरका यी सफल मोडलहरूले युवालाई राष्ट्रिय सेवामा संलग्न गराउन, उनीहरूमा अनुशासन र नेतृत्व क्षमता विकास गर्न तथा राष्ट्रिय सुरक्षामा अप्रत्यक्ष योगदान पु¥याउन कति महìवपूर्ण भूमिका खेल्छन् भन्ने पुष्टि गर्छन् । नेपालको राष्ट्रिय सेवा दलले पनि मित्र राष्ट्रहरूसँगको क्याडेट आदानप्रदान कार्यक्रममार्फत अन्तर्राष्ट्रिय अनुभव र सर्वोत्कृष्ट अभ्यास सिक्ने अवसरप्राप्त गरिरहेको छ । जसले यसको रणनीतिक क्षमता बढाउनुका साथै कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

उपलब्धि र रणनीतिक सुदृढीकरण

राष्ट्रिय सेवा दलले शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थी छनोट गर्ने गर्छ । यद्यपि सेवा दलले दिँदै आएको तालिमको विषयमा कतिपयले आलोचना नगरेका होइनन् । अनुशासन, राष्ट्रप्रेम र राष्ट्रियताप्रति तालिम प्रदान गर्ने सबैभन्दा उपयुक्त निकाय नेपाली सेना नै भएकाले सेवा दलको तालिम सञ्चालनको महìवपूर्ण जिम्मेवारी अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुसार नै नेपाली सेनालाई सुम्पिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा सेवा दलले थुप्रै महत्वपूर्ण कार्य सम्पन्न गरेको छ । जसमा तालिम शिक्षालयमा ५०४ जना शिक्षकलाई शिक्षक रिफ्रेसर तालिम सम्पन्न गरियो । ७५ वटै जिल्लामा एनसिसी तालिमका लागि सिफारिस प्राप्त ५४२ वटा विद्यालयमध्ये १४८ वटा जुनियर डिभिजन र ५४ वटा सिनियर डिभिजन तालिमका लागि छनोट गरियो । आव २०८०÷८१ सम्म दीक्षित ८०,४९८ क्याडेट छात्र, छात्राहरूलाई जिल्ला, प्रदेश, र केन्द्रीय स्तरको एनसिसी अल्मुनाई एसोसिएसनमा सङ्गठित गर्ने कार्यलाई निरन्तरता दिइएको छ । तालिमप्राप्त दीक्षित क्याडेटहरूको विवरणलाई सफ्टवेयरमा अद्यावधिक गर्ने कार्य पनि सुचारु गरिएको छ । राष्ट्रिय सेवा दल संस्थागत तालिममा ७,७८० जना क्याडेट छात्र, छात्रा सहभागी गराई तालिम सञ्चालन गरियो । दुर्गम स्थानमा रहेका १०० वटा विद्यालयमा तालिम सञ्चालनका लागि प्रहरी चौकी, सशस्त्र प्रहरी बेस, छात्रवास, स्वास्थ्य चौकी, वडा कार्यालय भवन र विद्यालयले व्यवस्था गरेको स्थानीय घरमा गरी २२२ जना एनसिसी शिक्षक ब्यारेक बाहिर व्यवस्थापन गरी तालिम सञ्चालन गरिएको थियो ।

भविष्यमा सेवा दलको कार्यदिशालाई अझ सशक्त बनाउन केही रणनीतिक तथा व्यावहारिक पक्षमा ध्यान दिनु आवश्यक छ ः

ऐन र नियमावलीमा समयानुकूल परिमार्जन ः राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई वर्तमान समयको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने गरी परिमार्जन गर्नु पर्छ । यसले सेवा दलको कार्यक्षेत्रलाई अझ फराकिलो बनाउन र आधुनिक चुनौती (जस्तै साइबर सुरक्षा, वातावरणीय संरक्षण) लाई सम्बोधन गर्न मद्दत पु¥याउँछ ।

पर्याप्त बजेट व्यवस्थापन ः यो एउटा राष्ट्रका युवा विद्यार्थी र जनतामाझ जाने सरकारको आधारस्तम्भ भएकाले राष्ट्रिय सेवा दलका कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्न, पूर्वाधार विकास गर्न र तालिमको गुणस्तर बढाउन पर्याप्त बजेटको व्यवस्थापन अपरिहार्य छ । राज्यले यसलाई युवा विकासमा लगानीका रूपमा हेर्नु पर्छ, जसले दीर्घकालमा राष्ट्रलाई नै लाभ पु¥याउँछ ।

प्रविधिमैत्री तालिम र पूर्वाधार ः आधुनिक प्रविधिको प्रयोग गरी तालिमलाई थप प्रभावकारी बनाउनु पर्छ । डिजिटल लर्निङ प्लेटफर्म, सिमुलेसन तालिम, भर्चुअल रियालिटी र अन्य नवीनतम प्रविधिलाई सेवा दलको पाठ्यक्रममा समावेश गर्न सकिन्छ । यसले युवालाई २१ औँ शताब्दीका चुनौती सामना गर्न सक्षम बनाउँछ ।

क्षेत्रीय विस्तार र समावेशीकरण ः दुर्गम र पछाडि परेका क्षेत्रका युवालाई समेत राष्ट्रिय सेवा दलको तालिममा सहभागी गराउन विशेष कार्यक्रम सञ्चालन गर्नु पर्छ । दलित, जनजाति, अपाङ्गता भएका युवा वर्गलाई तालिममा समावेश गर्न विशेष कार्यक्रम ल्याउनु पर्छ । यसले राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँछ र कुनै पनि वर्ग वा क्षेत्रका युवा राष्ट्रनिर्माणको प्रक्रियाबाट वञ्चित नहुन् भन्ने सुनिश्चित गर्छ । 

नैतिक शिक्षामा विशेष जोड ः विद्यालयमा नैतिक शिक्षा तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम नरहेको अवस्थामा एनसिसी तालिमरत विद्यार्थीलाई नैतिक शिक्षासम्बन्धी तालिम पनि दिनु अपरिहार्य छ ।

युवा आदानप्रदान कार्यक्रम ः यो एउटा राष्ट्रको कूटनीतिक माध्यम र नेपाललाई विश्वसामु चिनाउने उपयुक्त कार्यक्रम भएको हुँदा हाल भइरहेको भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, माल्दिभ्स, पाकिस्तान, सिङ्गापुरसँगको आदानप्रदानमा अन्य थप राष्ट्रहरूसँग समेत बढाउन पहल गर्नु उपयुक्त हुन्छ । यसका लागि नेपाल सरकारले पूर्ण रूपमा सहयोग गर्नु पर्छ ।

पूर्वक्याडेट सञ्जालको सुदृढीकरण ः राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त दीक्षित क्याडेटहरूको सञ्जाल (अल्मुनाई एसोसिएसन) लाई थप सशक्त बनाई उनीहरूको अनुभव र सिपलाई राष्ट्रनिर्माणका विभिन्न क्षेत्रमा उपयोग गर्न सकिन्छ । यी पूर्वक्याडेटलाई समाजसेवा, विपत्् व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका क्षेत्रमा परिचालन गर्न सकिन्छ, जसले राष्ट्रलाई एक विशाल स्वयंसेवक शक्तिको आधार प्रदान गर्छ ।

कार्यकारी महानिर्देशकको नियुक्ति ः नेपाली सेनाका अवकाशप्राप्त उपरथी÷रथीलाई नेपाल सरकारले नियुक्ति दिने यो पद नेपाल सरकारको विशिष्ट श्रेणीको पद हो । यसरी नियुक्ति पाउने कार्यकारी महानिर्देशकको सेवा अवधि कम्तीमा ३–४ वर्षको हुनुपर्ने र जागिर खाने प्रवृत्ति मात्र नभई पक्का युवा जनशक्तिलाई परिचालन गर्न सक्ने खुबी, राष्ट्रको  तथा राष्ट्रप्रति अगाध माया भएको हुनुपर्ने ।

राष्ट्रिय सेवा दलको दीर्घकालीन महत्व

राष्ट्रिय सेवा दल नेपालको युवा पुस्तालाई अनुशासित, राष्ट्रप्रेमी, जिम्मेवार र सक्षम नागरिक बनाउन सञ्चालन गरिएको एक दूरगामी रणनीतिक कार्यक्रम हो । यसको प्रभावकारिता केवल सैनिक संरचनाभित्र सीमित छैन, यसको योगदान राष्ट्रको सामाजिक, राजनीतिक, आर्थिक र सुरक्षा क्षेत्रमा प्रत्यक्ष देखिएको छ । सेवा दलको तालिमले युवालाई केवल सैनिक जीवनको झलक मात्र दिँदैन, यो राष्ट्रप्रेम, आत्मानुशासन, नेतृत्व विकास, सहनशीलता, सामाजिक उत्तरदायित्व जस्ता जीवनोपयोगी सिप दिन्छ । यो राष्ट्रको ‘रिजर्भ जनशक्ति’ विकास गर्ने दीर्घकालीन रणनीति हो, जसले विपत्का बेलामा सेना र राज्यलाई सहयोग गर्न सक्ने युवा तयार गर्छ, यो राष्ट्र र सरकारका प्रत्येक निकायले बुझ्न अपरिहार्य छ ।

तालिमप्राप्त युवा जनशक्तिलाई प्रशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, वातावरण संरक्षण जस्ता क्षेत्रमा परिचालन गर्न सकिन्छ । उनीहरूले आफूमा विकसित गरेका अनुशासन, नेतृत्व र कर्तव्यनिष्ठका गुणलाई यी क्षेत्रमा लागु गरी सकारात्मक परिवर्तन ल्याउन सक्छन् । सेवा दलले युवामा नागरिक चेतना, सामाजिक उत्तरदायित्व र राष्ट्रप्रति समर्पणको भावना विकास गर्छ, जुन कुनै पनि राष्ट्रको दिगो विकासका लागि अपरिहार्य छ ।

नीतिगत रूपमा, शिक्षा मन्त्रालयसँगको सहकार्यलाई अझ मजबुत बनाउनु पर्छ ताकि रासेदको कार्यक्रमलाई शैक्षिक पाठ्यक्रमसँग अझ बढी एकीकृत गर्न सकियोस् । पूर्व–क्याडेटलाई सिप आधारित तालिम, उद्यमशीलता तथा रोजगारसँग जोडिने कार्यक्रम ल्याउनु पर्छ, जसले उनीहरूको व्यक्तिगत विकासका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउँछ । 

निष्कर्ष

राष्ट्रिय सेवा दल नेपालको युवा पुस्तालाई अनुशासित, राष्ट्रप्रेमी, जिम्मेवार र सक्षम नागरिक बनाउन सञ्चालन गरिएको व्यावहारिक तथा रणनीतिक कार्यक्रम हो । यसको प्रभावकारिता केवल सैनिक संरचनाभित्र सीमित छैन, यसको योगदान राष्ट्रको सामाजिक, राजनीतिक, आर्थिक र सुरक्षा क्षेत्रमा प्रत्यक्ष देखिएको छ । अहिलेका युवा पुस्तामा राष्ट्रभाव, अनुशासन, संस्कार र धैर्यता जस्ता विषयमा ह्रास आउँदा र विदेश पलायन हुने प्रवृत्तिले राष्ट्र नै कमजोर बन्ने जोखिम बढ्दै गएको छ । राष्ट्रिय सेवा दलले युवालाई मर्यादित र अनुशासित बनाउन खेलेको भूमिका समग्र युवालाई अवगत गराई राष्ट्र र राष्ट्रियताप्रति उनीहरूको लगाव थप बढाउनु अपरिहार्य छ । भविष्यमा यसलाई गाउँपालिका र नगरपालिकासम्म पु¥याउने र रणनीतिक रूपमा अझ सुदृढ, प्रविधिमैत्री, समावेशी र अन्तर्राष्ट्रिय स्तरको तुलनामा सशक्त बनाउन सकिएमा यसले नेपाललाई राष्ट्रनिर्माणको यात्रामा कुशल नेतृत्वकर्ता युवा पुस्ता दिन सक्ने छ । जसले राष्ट्रियता, सामाजिक एकता र दिगो विकासको मार्ग प्रशस्त गर्ने छ ।