ताप्लेजुङमा लम्पी स्किन रोगको सङ्क्रमणबाट दुई वटा पशुचौपाया मरेका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लम्पी स्किन सङ्क्रमित दुईवटा पशुचौपाया मरेका हुन्।
सङ्कटा क्लबले एन्फा यु–१६ युथ लिगमा त्रिभुवन आर्मी फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।
भारत-तिब्बत सीमा प्रहरी (आइटिबिपी) ले हिमाचल प्रदेशको किन्नेर जिल्लाको किन्नेर कैलाश यात्रा मार्गमा फसेका चार सय १३ जना तीर्थयात्रीलाई उद्धार गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्धनसम्बन्धी निकायको विश्व सङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गर्नुभएको छ ।
मध्य गाजा पट्टीमा सहायता खोज्नेहरूको भिडमा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बुधबार जनाएको छ ।
पोल्यान्डका नयाँ राष्ट्रवादी राष्ट्रपति कारोल नावरोकीले ‘सार्वभौम पोल्यान्ड’को आह्वान गर्दै बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफसँग भेटवार्ता गर्नुभएको क्रेमलिनले जनाएको छ ।
मनसुन सुरु भएदेखि काठमाडौँ उपत्यकासहित सशस्त्र प्रहरी बल नेपालले देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ।
यहाँ परेको वर्षाले निर्माणधिन पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड सहायक राजमार्गको सडक सञ्जाल प्रभावित भएका छन् ।
सल्यानमा पछिल्लो समय क्रिकेट खेलतर्फ आकर्षण बढेको छ । जिल्लामा क्रिकेटप्रति उत्साह देखेपछि जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको छ ।
संघीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको योजनाअनुसार मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत गर्न निर्देशन दिएको छ ।
गायक तथा सङ्गीतकार कृष्ण विकको ‘आँखा मार्ने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
लगातार कोसिस र लामो प्रतिक्षा पश्चात माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएका कैलालीका ५६ वर्षीय भागीराम चौधरीले यस वर्ष कक्षा १२ पनि उत्तीर्ण हुनुभएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव शून्य छ बिन्दुमा कायम भएको हो।