काठमाडौँ, साउन २१ गते। गायक तथा सङ्गीतकार कृष्ण विकको ‘आँखा मार्ने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
विककै शब्द सङ्गीतमा तयार भएको गीतको गायनमा मनीषा सुनारले साथ दिनुभएको छ। एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की देखिनुभएको छ। आँखा मार्नेबाट नै गायक तथा सङ्गीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गर्नुभएको हो ।
यसअघि ‘यानीमाया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘हजुर मुसुक्कै’ लगायतका गीतमा सफलता पाउनुभएका कृष्णले यो पटक थप मिहिनेत गर्नुभएको छ।
‘यो गीतको लागि एक वर्ष खर्चिएको छु। नाजिर र प्रियङ्काको केमेस्टी दर्शकको रोजाइ बन्ने अपेक्षा राखेको छु’, उहाँले भन्नुभयो।
भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।२०५८ सालमा ‘सुन्दर सुदूरपश्चिम हाम्रो’ गीतबाट औपचारिक गायन यात्रा सुरु गर्नुभएका विकले सिर्जना, अडियो र भिडियोमा विशेष मिहिनेत गर्नुहुन्छ।