काठमाडौँ, साउन २१ गते । सङ्कटा क्लबले एन्फा यु–१६ युथ लिगमा त्रिभुवन आर्मी फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।
एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा सङ्कटाले आर्मीलाई ५–१ गोलले हरायो । सङ्कटाको जितमा आयुष बराम, करण भूल, पेम्बा तामाङ, प्रज्वल कुमार लुम्रे र नवराज तिरुवाले गोल गर्नुभयो ।
आर्मीका लागि निरज अधिकारीले सान्त्वना गोल गर्नुभयो । जितसँगै सङ्कटाले १२ खलबाट २५ अङ्क बनाएको छ । आर्मीले समान खेलबाट ६ अङ्क बनाएको छ ।
अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । बराबरीसँगै भगवतीले १२ खेलबाट ११ अङ्क बनाएको छ । प्लानिङ ब्वाइजको समान खेलबाट सात अङ्क छ ।
अर्को खेलमा एपिएफ र मनाङ मर्स्याङ्दी क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।