गोरखामा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा तेस्रो पटक बेलिब्रिज जोड्न थालिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुुगमनसम्बन्धी योजना तथा नीति तर्जुुमा गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ ।
गोरखाको सिरानचोक गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले पालिका भित्रका किसानलाई राहत भएको छ ।
तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकामा नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत दुई सडक स्तरोन्नति भइरहेको छ ।
मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् ।
“म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ”, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भन्नुभयो, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।”
कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेसँगै यसलाई सफल बनाउन संखुवासभाको खाँदबारीमा ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना गरिने भएको छ ।
कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
जैमिनी नगर कार्यपालिकाको बैठकले प्रशासकीय भवन निर्माणको समयावधि थप गरिएको छ । निर्माण कम्पनी जुगल रविना प्राकृतिक कन्ट्रक्सनले जिम्मा लिएको भवन निर्माणको पहिलो पटक म्याद थप गर्दा पनि काम नसकेपछि दोस्रो पटक म्याद थप गरिएको हो ।
सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा उखु कृषकहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।
मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो ।
झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । सुर्खेतदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ ।
दुई वर्षअघि महामारीको रूप लिएर कोशी प्रदेशमा हजारौँ पशुचौपायाको ज्यान लिएको लम्पी स्किन रोगको प्रकोप पुनः बल्झिएको छ । दुई वर्षअघि सञ्चालन गरेको खोप अभियानका कारण नियन्त्रणमा रहेको यो रोगविरुद्ध तीनै तहका सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन नसक्दा बल्झिएको निष्कर्ष निकालिएको छ ।