सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरुले बताएका छन् । नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ रहेको र यसको सेवनले अति घातक रोग निम्तिरहेको विज्ञहरुले बताएका हुन् ।
कपिलवस्तु–११ सैनामैनाको मुर्गियामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकामी सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिकरूपमा डिम्यानम घोषणा गरिएको हो ।
सुनसरीमा सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने घोषणा गरेको छ ।
नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबिच चर्को विवादबिच उत्तर एटलान्टिक गठबन्धन (नाटो)का प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा जानुभएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र साविक विजेता नेपाल पुलिस क्लब विजयी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को सोमबार आयोजित कार्यक्रमबिच लोकार्पण गर्नुभएको छ ।
एन्टेब्बे क्रिकेट ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । नेपाल आज सिरिजमा लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ ।
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताउनुभएको छ ।
संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ । सोमबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकले सो निर्णय गरेको हो ।