तीन दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले मङ्गलबार बिहान चेतावनी तह पार गरेपनि बुधबार बिहानसम्म क्रमशः पानीको सतह घट्दै गएकाले ठुलो बाढी र डुबानको खतरा टरेको छ ।
कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा गत माघयता विद्युत् ट्रान्सफर्मर चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न आरोपित सात जना र चोरिएका ट्रान्सफर्मरको सामान खरिद गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको विवरण मङ्गलबार सार्वजनिक गरेको हो ।
कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न प्रक्रिया अगाडि बढाएपछि लिम्बू र मैथिली भाषिक समुदायले यसलाई सकारात्मक रूपमा लिएका छन् ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाबाट उत्पादित काबेली–३ क्यासकेट जलविद्युत आयोजनाको उत्पादन परीक्षण उत्पादन सुरु गरिएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले विश्व स्तनपान सप्ताहका अवसरमा मङ्गलबारदेखि सुत्केरी महिलालाई स्तनपानको महत्वबारे सचेतना कार्यक्रम थालनी गरेको छ ।
पारदर्शिता कायम गर्ने उद्देश्यले वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिए पनि रौतहटका विभिन्न स्थानका लाभग्राहीले भत्ता रकम बुझ्न सास्ती भोग्नु परेको भन्दै गुनासो गरेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारले बुटवल उपमहानगरपालिका–१३ मा बुटवल दृश्य उद्यान निर्माण गरेको छ । बुटवल–१३ मा रहेको जितेश्वरी सामुदायिक वनक्षेत्रमा अवस्थित उक्त दृश्य उद्यानलाई प्रदेश सरकारले जितेश्वरी पाणिनि उद्यानका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
बर्दियाको गुलरिया नगरपालिका–११ स्थित सुरजगौडी गाउँका स्थानीय बासिन्दा वर्षा सुरु भएपछि रातभर जाग्राम बस्न थालेका छन् । वर्षापछि नदीमा आउने बाढीले गाउँ नै सङ्कटमा परेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका खल्ला झगडिया–७ स्थित राप्ती नदीमा हालै मात्र निर्माण गरिएको आपत्कालीन तटबन्धले राप्तीको बाढीलाई रोक्न सफल भएको छ ।
बर्सातका कारण खोलामा पानी बढेपछि घोराही–तुलसीपुर सडकमा सवारी आवागमन प्रभावित भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोला, हापुरखोला र कालाखोलामा पानीको सतह बढ्दा सवारी आवागमन बन्द भएको हो ।
काँक्रेविहार (सुर्खेत), साउन २० गते । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको हो । निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाइँ भएको छ । जुम्लामा दुई हजार ८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पाको १९८ हेक्टरमा रोपाइँ सकिएको छ । चार जिल्लामा रोपाइँ ९९ प्रतिशतको हाराहारीमा पुगेको छ । जाजरकोटमा सबैभन्दा बढी ९९।२ प्रतिशत रोपाइँ हुँदा सल्यान, मुगु र रुकुम पश्चिममा समान ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जाजरकोटमा दुई हजार ६४५ हेक्टरमध्ये दुई हजार ६२३ हेक्टर र सल्यानमा छ हजार १३४ हेक्टरमध्ये छ हजार ७२ हेक्टरमा रोपाइँ सकिएको हो । कालिकोटमा दुई हजार ४६२ हेक्टरमध्ये ९८ प्रतिशत अर्थात् दुई हजार ४१२ हेक्टरमा रोपाइँ सकिएको छ ।प्रदेशमा सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाइँ भएको छ । सुर्खेतमा कुल १४ हजार ९२१ हेक्टर क्षेत्रफलमध्ये १४ हजार १७४ दशमलव ९५ हेक्टरमा रोपाइँ सकिएको छ । दैलेखमा कुल सात हजार ६२० हेक्टरमध्ये सात हजार ८६ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ । रासस
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले आर्थिक वर्ष २०८१/०८२ को जिल्लास्थित सङ्घीय कार्यालयहरु तथा अन्तरसरकारी कार्यक्रम सञ्चालन र स्थानीय तहमा भएको वित्तीय हस्तान्तरणसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ । हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।