• २२ साउन २०८२, बिहिबार

पदक पाउने खेलाडी सम्मानित

blog

सम्मानित खेलाडीलगायत अन्य व्यक्तित्वहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, साउन २२ गते ।
जिल्लाको प्रतिनिधित्व गर्दै विभिन्न खेलकुदमा सहभागीता जनाएर पदक जित्ने खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति म्याग्दीले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका बिच प्रदेशस्तरीय प्रतियोगिताका स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले सम्मान गर्नुभएको हो ।

मार्सलआट तर्फ उसु, तेक्वान्दो, कराँते, भलिबल, ब्याडमिन्टन खेलमा गण्डकी प्रदेशमा स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई क्रमश क्रमश तीन हजार, दुई हजार र एक हजार नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियो जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभाये । जिल्लाको प्रतिनिधित्व गरेर खेलमा सहभागी भएर पदक हात पार्ने खेलाडी सम्मानित भएका हुन् । कुल ७७ जना सम्मानित हुँदा १३ जना अफिसियल तथा ६४ जना खेलाडी रहेका छन् ।

पछिल्लो समय खेलकुदमा म्याग्दीले राम्रो प्रदर्शन गर्दै आएको छ । पछिल्लो समय गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी ११ स्वर्ण, सात रजत र नौ कास्य पदक जितेर म्याग्दी प्रदेशमै दोस्रो भएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले खेलकुद र राजनीतिमा हारजित हुने बताउँदै आफ्नो लक्ष्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

‘‘खेलाडीले हारबाटै जितको सपना देख्नुपर्छ, खेलक्षेत्रमा लागेकालाई घाटा हुँदैन,’’ राज्यमन्त्री गर्बुजाले भन्नुभयो । सोही अवसरमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नगद १५ हजार, दोसल्लाले सम्मान गरिएको थियो भने गण्डकी प्रदेश महिला भलिबल टिमकी काजोल छन्त्याललाई नगद पाँच हजार, सम्मानपत्रले सम्मान गरिएको थियो ।

खेलाडी, अफिसियल सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरीक्षक सूर्य थापा, राष्ट्रि«य अनुसन्धान कार्यालयका प्रमुख विजय पौडेल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेल, विभिन्न संघसंस्थाका प्रतिनिधिसहित खेलाडीको उपस्थिति रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विष्णु रोकाको स्वागत र सचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।