गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् ।
वर्षातका कारण कर्णाली राजमार्ग उच्च जोखिममा रहेको छ । राजमार्गको दैलेख खिड्की जिउलादेखि कालीकोटको तिलागुफा नगरपालिकाको गाल्जे बजारसम्म उच्च जोखिममा छ ।
सुस्ताका परमानन्द कहारले उखु बिक्रीबाट सरकारले दिने अनुदान हरेक वर्ष बचत गर्दे आउनुभएको थियो । छोरीको बिहेमा खर्च जुटाउन केही वर्षदेखि कहारले अनुदान बापतको रकम खर्च गर्नुभएको छैन ।
यो वर्षको मिसेस ग्लोबल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल हुनुभएको छ । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिन सफल हुनुभएको हो ।
समाजमा थुप्रै परिवर्तन हुँदै गए पनि रौतहटको आदिवासी थारू समुदायमा परम्परागत ‘पर्म’ र ‘ऐँचोपैँचो’ प्रथा भने जीवितै छ । जिल्लाको गुजरा नगरपालिकाको चोचा, रङ्गपुर, भवानीपुर, दियालपुर, फतुवा विजयपुर नगरपालिकाको विजयपुर र चन्द्रपुर नगरपालिकाको मोथियाही, मोतीपुर, सन्तपुर र डुमरियालगायतका स्थानमा बसोबास गर्ने थारू समुदायमा प्रचलित उक्त प्रथा अझै पनि प्रचलनमा छ ।
पछिल्लो वर्षाले किसानलाई ठुलो राहत भएको छ भने रोपाइँको कामले पनि गति लिएको छ । बारा जिल्लाको धान खेतीयोग्य ९० प्रतिशत जग्गामा धान रोपाइँको कार्य सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।
चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा उदयनारायण सापकोटा पुनः निर्वाचित हुनुभएको छ । त्यस्तै सङ्घका सदस्यमा अवधेशहरि भट्टराई, पूजन सत्याल, रामचन्द्र सुनार, अनन्तकुमार अधिकारी, चेतबहादुर खड्का, रेखाकुमारी गुप्ता, युवराज कार्की, जगदीप चौधरी, सीताकुमारी थापा, दिवाकर सापकोटा, रोहितप्रसाद बाँस्तोला र गेनबहादुर दर्लामी निर्विरोध निर्वाचित हुनुभएको छ ।
युवाहरु विदेश पलायन र कृषि जनशक्तिको अभावले बागलुङमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । बागलुङमा कुल खेती योग्य जमिन २५ प्रतिशत रहेपनि हालसम्म १७ प्रतिशत जमिनमा मात्र खेती गरिएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिकाभित्र पर्ने छ किलोमिटर दुरीको निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएका छन् । छ वर्षदेखि निर्माणाधीन रहेको सडकको भौतिक प्रगति २७ प्रतिशत मात्रै भएको हो ।
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाल शुक्रबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना सार्वजनिक गरी जनै (साउने) पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
उदयपुर जिल्लाको कटारी नगरपालिका–२ स्थित व्यक्तिविशेषका नाममा दर्ता भएको वन क्षेत्रको जग्गा पुनः जाँचबुझ गरी निर्णय लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
फोहोरमैला व्यवस्थापनमा भइरहेका सकारात्मक र उदाहरणीय कार्यको जानकारी लिनका लागि बङ्गलादेशको टोली यहाँको वालिङ नगरपालिकामा आइपुगेको छ ।
बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा २७७ वटा मुद्दा फर्छ्यौट गरेको छ ।नगरपालिकामा ३८० वटा मुद्दा परेकोमा २७७ वटा मुद्दा मेलमिलापका माध्यमबाट फर्छ्यौट गरिएको कोहलपुर नगरपालिकाको न्यायिक समितिका सदस्य सचिव आशिष वर्माले जानकारी दिनुभयो ।
मुस्ताङको प्रमुख उत्पादन स्याउलाई बोटबाट टिप्नका लागि पुरानै समयतालिकालाई कायम गरिएको छ ।
बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कँदै गर्दा भीरबाट लेडर एक तीर्थयात्रीको मृत्यु भएको छ ।