जापानले मान्छे धुने मेसिन बनाएको छ । बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वासिङ मेसिन निर्माण गरेको हो । यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ ।
भारतको कर्नाटक उच्च अदालतमा एक जना महिलाले आफ्नै पतिविरुद्ध मुद्दा दर्ता गरेकी छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
सामान्य भाषामा भन्नु पर्दा खाम भन्नाले चिठी, पैसा, कागजात प्रेषण वा आदानप्रदान गर्दा प्रयोग गरिने कागजको थैलो भन्ने बुझिन्छ ।
बागमती, फागुन २८ गते । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हात्तीसुडेबाट ठुलोदमारतर्फ गइरहेको बा.४०प. ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
प्रतिनिधिसभाको आज अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नहुने भएको छ ।
नेपाली खेलको इतिहासमा नेपालको टिमले विश्वकपमा सबैभन्दा ठूलो सफलता हासिल गरेको छ । यस्तो ऐतिहासिक सफलता नेपाललाई दिलाउने श्रेय खो खो टिमलाई जान्छ ।
महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार मुन्नुकुमार दास घुस सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दास सहित लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३५ हजार घुस लिने क्रममा पक्राउ गरेको हो ।
ग्लियन बार्रे सिन्ड्रोम एउटा दुर्लभ तर उपचार गर्न सकिने न्युरोलोजिकल रोगमा पर्दछ । शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै स्नायुलाई आक्रमण गरेमा यो रोग लाग्दछ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डका चार स्थानमा धुलाम्मे सडकको कारण यातायातका साधनहरूलाई सञ्चालनमा सास्ती खेप्नु परि रहेको छ । सडक धुलाम्मे भएको कारण ती सडकमा सञ्चालनमा रहेका साना ठुला यातायातका सधानहरूलाई गुड्न कठिन हुँदा यात्रा निक्कै कष्टपूर्ण हुने गरेको हो ।
सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन् ।
विसं २०३० अघिसम्म सम्भवतः भैरहवापूर्व मात्र हाटबजार प्रचलनमा थियो । झापा जिल्लामा आइतबारे, बुधबारे, शनिश्चरे भन्ने हाटबजारकै नामबाट गाउँठाउँको नामकरण गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका प्रतिपक्षी दलहरूले लगाएका छन् ।
माडीको पुष्प–मदन स्मृति वाटिका पर्यटकीय स्थलका रूपमा विकसित हुँदै आएको छ । माडी नगरपालिकाको वडा नम्बर ६ मा रहेको यो वाटिकामा पर्यटकीय पूर्वाधार निर्माण