• २३ साउन २०८२, शुक्रबार

शुक्रबार सिमकोट गाउँपालिकामा सार्वजनिक बिदा

blog

सिमकोट गाउँपालिकाको कार्यालय । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, साउन २३ गते ।
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाल शुक्रबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना सार्वजनिक गरी जनै (साउने) पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

हुम्ला जिल्ला कै चर्चित साउने पूर्णिमाको अवसरमा शुक्रबार चर्तुदसीको दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत वर्षबहादुर फडेराले बताउनुभयो । साउन २४ गते पूर्णिमा भए पनि शनिबार परेको कारण सो दिन बिदा दिइरहनु नपर्ने भएको हो ।

सार्वजनिक विदाका दिन कार्यालयका सबै कामहरु बन्द हुने छन् भने गाउँपालिकाअन्तर्गतका शिक्षण संस्था, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु पनि बन्द रहने छन् । साउने पूर्णिमाको अवसरमा सिमकोट गाउँपालिकाले तीन वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको छ ।