मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबिच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ ।
पाँचथरको फिदिममा जारी पाँचौँ संस्करणको फाल्गुनन्द गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ।
पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा बन्धक बनाइएका रेल यात्रुहरूलाई बचाउन ‘पूर्ण–स्तर’ को अपरेसन सुरु गरेको छ । दुई दिनको अवधिमा पाकिस्तानी सेनाले घेराबन्दी गरिएको रेलबाट एक सय ५५ जना बन्धकलाई मुक्त गर्न सफल भएको छ । अज्ञात सङ्ख्यामा यात्रुहरू अझै पनि रेलमा रहेका छन् ।
निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गर्नुभएको हो ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित भएर मनाउन अनुरोध गरेको छ।
प्रतिनिधिसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक संसदसमक्ष प्रस्तुत गर्नुभएको हो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताउनुभएको छ ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–६ ले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वडा नम्बर ६ ले बिहीबारे काउले टोलमा निर्माण गरिएको आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।
विधायन व्यवस्थापन समितिले चेक अनादरको विषय अदालती प्रक्रियामा जाँदा चेकमा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना लाग्ने व्यवस्थामा सहमति गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबुद बनाउका लागि कानुनी सुधार अपरिहार्य रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताउनुभएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकाले यसैलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा लिन आएका सर्वसाधारणलाई सास्ती नहोस् भन्ने उद्देश्यले राति ८ बजेसम्म सेवा प्रदान गर्न थालेको छ । सामान्यतया बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने जिल्ला प्रशासन कार्यालय अहिले राति ८ बजेसम्म खुला हुने गरेको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि प्रहार भएको बताउनुभएको छ ।