जर्मनीको सर्वोच्च अदालतको नेतृत्वमा भर्ना हुने अपेक्षा गरिएकी एक प्राज्ञले आफ्नो उम्मेदवारीलाई लिएर उठेको विवादले सत्तारुढ गठबन्धनलाई झकझकाएपछि आफूले अब मनोनयनको माग नगर्ने शुक्रबार बताउनुभएको छ ।
बिहीबारदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
आउने संसदको अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिइएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमाले–कांग्रेस गठबन्धनको समर्थनमा साउन २० गते मुख्यमन्त्री बन्नुभएका बानियाँले संवैधानिक प्रक्रियाअनुसार निर्धारित समयमा विश्वासको मत लिने निर्णय गर्नुभएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको नयाँ वार्ताको समय निर्धारण गर्न मस्को र नयाँदिल्लीका लागि महत्वपूर्ण रहेको रूसी सुरक्षा परिषद्का सचिव सर्गेई शोइगुलाई उद्धृत गर्दै तासले बिहीबार रिपोर्ट गरेको छ ।
घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका बिषयमा वडासचिब र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाको आयोजनामा कर्मचारीहरुको क्षमता विकासका लागि चार दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
वासिङ्टनले मस्कोको तेल खरिदमा कर वृद्धि गरेको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गर्नुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवा–१ स्थित गोलचोकमा बिक्रीका लागि राखिएको राखी ।
भारतको उत्तराखण्डमा सम्पर्कविहीन भएका धादिङका चारजना सम्पर्कमा आएका छन् । केही दिनदेखि मोबाइल नेटवर्क नभएकाले सम्पर्कविच्छेद भएकोमा हाल उहाँहरूसँग सम्पर्क भएको र सबै जना सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ ।
अछामको साँफेबगर नगरपालिका –७ स्थित बयलपाटा प्रादेशिक अस्पताल सञ्चालन गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले कानुनी पूर्वाधार तयार पारेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गर्नुभएको छ ।
ताप्लेजुङमा अलैँची खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । पछिल्लो समय अलैँचीको मूल्य आकर्षक रुपमा वृद्धि भएपछि खेतीतर्फ किसानको आकर्षण बढेको हो ।
सुदूरपूर्वको जिल्ला ताप्लेजुङ, भौगोलिक हिसाबले नेपालको तेस्रो ठुलो जिल्लाको रुपमा चिनिन्छ । हिमाली जिल्ला भएकाले हरेक क्षेत्रको विकासमा पछि पर्ने गरेको छ। यहाँ स्थायी प्याराफिटसहितको खेलमैदान नहुँदा जिल्लाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपका लागि विद्यालयको खेल मैदान प्रयोग गर्न बाध्य भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गर्नुभएको छ । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गर्नुभयो ।