प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व शनिबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदैछ ।
राजविराज नगरपालिका-१ पडरियामा भाइले बञ्चरो प्रहार गरी दाइको हत्या गरेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहविरुद्ध एक लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
चीनले गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने इजरायलको योजनाप्रति शुक्रबार ‘गम्भीर चासो’ व्यक्त गर्दै इजरायललाई ‘आफ्ना खतरनाक कार्य तत्काल रोक्न’ आग्रह गरेको छ ।
पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको शुक्रबार निधन भएको छ ।
जुम्लाबाट सुर्खेत जाँदै गरेको माइक्रो दुर्घटनामा सात जना घाइते भएका छन्।घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
धनुषाको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोसहितको टोलीले शुक्रबार पानीको स्रोत चुरे तथा भावर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजरबैजान र अर्मेनियाका नेतालाई शुक्रबार स्वागत गर्नुहुने भएको छ ।
अविरल वर्षाका कारण अवरुद्ध लोकमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
नेपाल भारत सीमानाको भारतीय क्षेत्र रूपैडिहाको वार्ड नम्बर १०, रामजानकीस्थित खाली घरको बगैँचामा बिहीबार मृत अवस्थामा भेटिएका एक नेपाली युवकको पहिचान भएको छ।
सर्लाहीको बलरा नगरपालिका–११, छतौनामा शुक्रबार मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शुक्रबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी (क्यूआर) सेवाको औपचारिक शुभारम्भ गर्नुभएको छ ।
मुग्लिन पोखरा सडक अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित गुणादी खण्ड । सडक चार लेनमा विस्तार भएपछि यात्रा सहज भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो ।