नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पदाधिकारीको संयुक्त बैठक नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा तीनवटै प्रतिष्ठानका कुलपति,
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुधर्मालम्बीहरुको महत्वपुर्ण चाडपर्व रक्षाबन्धन अर्थात जनै पुर्णिमा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।
उपसभामुख इन्दिरा रानाले हिन्दू धर्मावलम्बीहरुले मनाउने पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
मौलिक जीवनशैली, आफ्नै विशिष्ट खानपान र रहनसहनका साथै विशेष पहिचानयुक्त आदिवासी नेपाली समाजका इन्द्रेणी रङ हुन् । बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुजातीय नेपाली समाजको बनोटलाई अझै सम्पन्न बनाउँदै मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई जोगाइराख्ने आदिवासी नै हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई साउन मसान्तभित्र निवेदन पेस गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्षमा सरुवा गर्नुपर्ने कर्मचारीको नामावली तयार गर्नका लागि मन्त्रालयले साउन मसान्तभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको हो ।
विमानस्थलमा चरा र वन्यजन्तुको बढ्दो गतिविधिका कारण हवाई सुरक्षामा चुनौती र जटिलता बढाएको छ । निजी वायु सेवा कम्पनी बुद्ध एयरका अनुसार पछिल्ला दिनमा चरा तथा जङ्गली जनावरको विमानस्थलआसपासमा गतिविधि बढ्दा हवाई सुरक्षामा बढ्दो जोखिमसँगै जहाज ग्राउन्डेड हुनेक्रमसमेत बढेको छ ।
सहकारी बचत रकम हिनामिना अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दामासाहीमा हुने बिगो तिरेर थुनामुक्तको मागसहित जिल्ला अदालतमा निवेदन दर्ता गरेपछि नयाँ कानुनी बहस सुरु भएको छ । अदाल
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज उहाँ नेतृत्वको टोली स्वदेश फर्केको हो ।
मदन–आश्रिम स्मृति प्रतिष्ठानको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली चयन हुनुभएको छ । आज यहाँ सम्पन्न प्रतिष्ठानको ३१ औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकारसमक्ष पहल गर्नुभएको छ ।
फोर्स गाडीको बिक्रेता इन्टरकन्टिनेन्टल प्रालिबाट पीडित यातायात व्यवसायीले क्षतिपूर्तिको माग गरेका छन् । रुपाकोट यातायात व्यवसायी संघ, त्रिदेव प्रालि र दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आफूहरु वर्षौदेखि पीडित रहेको भन्दै क्षतिपूर्तिको माग गरेका हुन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार साँझ बस पल्टँदा १७ जना यात्रु घाइते भएका छन्।
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको खयरलेक स्थित खयर भारानीमा भोली शनिबार जनै पूर्णिका दिन विशेष पूजाआजा हुन्छ। मनले चिताएको बर मागेमा पूरा हुने जनविश्वासका कारण भक्तजनहरु जनै पूर्णिका दिन खयरभारानीको दर्शनका लागि जाने गर्दछन्।